नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य तथा पूर्व सांसद रुदमणी भण्डारीको निधनप्रति नेपाल विधार्थी संघ गुल्मी मंगलबार शोक प्रस्ताव पारित गरेको छ । २०७५ साल चैत्र २८ गते नेपाली काँग्रेस गुल्मीका अग्रज नेता एवम पूर्व सांसद रुद्रमणि भण्डारीको जीप दुर्घटनामा परि निधन भएको थियो ।
समाजवादी जिवनशैली अंगालेका नेविसंघका सस्थापक केन्द्रिय सदस्य एवम पूर्व सांसद भण्डारीको निधनले नेविसंघलाई निकै क्षति पुगेको भन्दै नेविसंघ गुल्मीले उपसभापति तोमलाल पन्थीको संयोजकत्वमा आज शोक प्रस्ताव पारित गरेको छ ।
सादगी जिवन र उच्च नैतिकताको प्रतिक एवम प्रेरणाका श्रोत भण्डारी सहित ओस्कर वि.क. र कौसिला थापाको निधनले नेविसंघ गुल्मी शोकमा परेको भन्दै शोक सभा पारित गरेको गुल्मीका उपसभाति तोमलाल पन्थीले जानकारी दिएका छन । गुल्मी जिल्लामा राम्रो छवी बनाएका उनले आफ्नो कार्यकालमा प्रसंसनिय कार्य गरेका थिए ।
आफ्नो पार्टीमा मात्रै राम्रो नभइ विपक्षीहरुको समेत मनोभावना बुझ्न सक्ने नेताको रुपमा गुल्मेली जनताले पूर्व सांसद भण्डारीलाई लिएका थिए । चैत्र २८ गते उनी मालिका गाउपालिकाको घमिरमा एक शोक सभा सम्पन गरि बाग्लुङ्गको शोक सभामा उपस्थित हुनका लागि लु १ ज १९५७ नम्बरको जीपमा सवार थिए । उक्त जीप मुसिकोट नगरपालिकाको वडा नम्बर १ मा दुर्घटना हुदा उनी सहित ओस्कर वि.क. र कौशिला थापाको ज्यान गएको थियो ।





















प्रतिक्रिया