Logo

प्रमुख समाचार

विद्युतीय कारोवार ऐनको दफा खारेज गर्न माग



नेपाल पत्रकार महासंघले विद्युतीय काराबार ऐनको दफा ४७ र ४८ अन्तरगत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी पत्रकारलाई विद्युतीय कारोवार ऐनको उक्त दफाअन्तर्गत पटकपटक पक्राउ गरेकोमा आपत्ति जनाएको छ । सो दफाको प्रयोगले निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर संघर्ष गर्नेसमेत महासंघले जनाएको छ ।

महासंघले बुधबार विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनासर्त रिहाइको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने कार्यक्रमसमेत गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।