Logo

मनोरञ्जन

आर्यन सिग्देल छोराको बाबु बने



नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमती सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

बिबाहको पाँचौं एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला वैशाख ६ गते नै उनीहरु बैवाहिक जीवनमा बाँधिएका थिए । केही वर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए ।

आर्यनले केही समय अगाडि नै गर्भवती श्रीमतीसँगको केही फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार ०३:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।