नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ओली सरकारलाई कुसंस्कारी तथा राजपा र फोरमलाई ढोंगी पार्टीको संज्ञा दिएका छन् ।राष्ट्रीय जनता पार्टीको स्थापना दिवस कै दिन धनुषामा राजपा नेपाल पार्टी परित्याग गरी राजपाका थुप्रै कार्यकर्ताहरु कांग्रेस पार्टीमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रहार गरेका हुन् ।
धनुषाको नगराइन नगरपालिका गंगुली टोल स्कूलमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कांग्रेसका उप सभापति विमलेन्द्र निधिले ओली नेतृत्व सरकारलाई कुसंस्कारी सरकारको संज्ञा दिए । उनले देशका जनता र बुद्धिजीवीलाई सम्मान नगर्ने बोलीवचन नभएको त्यो सरकारले दीर्घकालीन रुपमा साथ दिनै नसक्ने ठोकुवा गरे ।
मधेशमा अहिले मधेशवादी दल लाइ भोट दिएर जनता पछूतो गरिरहेको र पहारुडमा ओली नेतृत्वको सरकारलाई मतदान गरेर जनता दुःखी रहेको उनको भनाइ थियो ।राजपा र फोरमलाई ढोंगी पार्र्टीको संज्ञा दिदै नीधिले ‘उपेन्द्र जी र अन्य मधेशवादी दलले यो संघीय सरकार संग साइनो गांसेर बस्ने होइन, अब विद्रोह गर्नुपर्ने’ सुझाव दिए ।
संविधान संशोधनको लागि कांग्रेसले सधैं प्रयास गरेको बताउँदै नेता निधिले यो सरकारले संविधान संशोधन पनि नगर्ने, जनतालाई अधिकार पनि नदिने ठोकुवा गरे । उनले प्रश्न गर्दै भने, ‘‘नेकपा संग दुई तिहाई मत हुँदा हुँदै पनि संविधान संशोधन किन गरेन ?’
जनतालाई विकास र अधिकार चाहिने र त्यो प्राप्त भएपछि मात्र समृद्धि आउने ठोकुवा गर्दै नीधिले अवब कांग्रेशले मात्र समृद्धिको त्यो सपना साकार गर्ने ठोकुवा गरे ।देशलाइ सकारात्मक रूपान्तरण गर्ने कार्यमा दरवार, कम्युनिस्ट र भर्खर जंन्म लिएको नयाँ पार्टीहरुले भन्दा बटी काँग्रेशले भूमिका निर्वाह गरेको पनि उनले दावी गरे ।
बैशाख ११ देखि राष्ट्रिय जागरण अभियान अंतर्गत ७७ जिल्ला मैं ‘हिमाल, पहारु तराई मधेश जन जनमा कांग्रेस’ मूल नाराका साथ जागरण अभियानको संखनाद गर्न लागेको र यो एक वर्ष सम्म हुने निधिले बताएका छन् ।जनकपुरको सिगरेट फैक्ट्री अब मधेशको सिंह दरवार रहेको जिकिर गर्दै उनले ‘संघीय सरकारको फैक्ट्री वेच्ने प्लान कुनै हालतमा सफल हुन नदिने’ चेतावनी समेत दिए ।
सोही कार्यक्रममा राजपामाथि कडा प्रहार गर्दै प्रदेश २ सभा सदश्य प्रमिला देवी दासले प्रदेश सरकारलाइ लुटेराको संज्ञा दिदै ‘बेटी पढाऔं, बेटी बचाऔं’को नाममा अहिले सरकारमा रहेका मंन्त्रीहरु लुटेरा जस्तै लूटतंत्र मचाएको आरोप लगाए ।
कार्यक्रममा अर्का प्रदेश सभा सदश्य शिवचन्द्र चौधरी, कांग्रेस नेत्री प्रतिनिधि सभा सदश्य मीनाक्षी झाले पनि सम्बोधन गरेका थिए ।उक्त कार्यक्रममा विगत चुनावमा राजपालाइ जीत दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका हर्ष नारायण झा र चन्देस्वर लाल कर्ण सहित थुपै्र व्यक्तिहरुले नेपाली काँग्रेस पार्टी प्रवेश गरेका हुन् ।




















प्रतिक्रिया