जनमत पार्टीका संयोजक सिके राउतले औपचारिक रुपमा पार्टी दर्ताका लागी निर्वाचन आयोगमा निवेदन दिएका छन् । केन्द्रिय सदस्यहरुको टिम सहित निर्वाचन आयोग पुगेका केन्द्रीय सदस्यहरुको आजै सनाखतसमेत भएको छ।
पार्टीको अध्यक्षमा डा. राउत छन् भने ३५ सदसीय केन्द्रीय समिति रहेको छ।स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिका आधारमा डा।राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको हो।
जनमत पार्टीको मुख्य राजनीतिक सिद्धान्त जनसम्प्रभुता, लोकतन्त्र, सामाजिक न्याय र समाजवाद रहेको छ।पार्टीले निर्वाचन आयोगमा बुझाएको विधानमा नेपालको संविधानले प्रदान गरेको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई स्वीकार गरिएको छ।




















प्रतिक्रिया