Logo

बागमती प्रदेश

राप्तीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक



स्थानीय स्तरमा जनप्रतिनिधि आएसँगै सामाजिक विकृति विसंगति हटाउन र घरेलु हिंसा न्यूनीकरणमा वडादेखि गाउँ र नगरपालिकासम्म गतिविधि थालिएका छन् ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न सचेतनाको लागि राप्ती नगरपालिकाले नगर भित्रका हरेक विद्यालयको १०० मिटर वरपरका पसलहरुमा सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

मंगलबार राप्ती नगर प्रमुख प्रभा बरालले एक विज्ञप्ती जारी गर्दै विद्यालयको १०० मिटर वरपरका पसलहरुमा सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न निर्दैशन दिनुभएको छ । प्रमुख बरालले विद्यालयको वरपरका पसलहरुमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइए कडा कार्वाही गर्न समेत चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १४:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।