Logo

प्रमुख समाचार

ओली सरकार काण्डै काण्डले सगरमाथा चुचुरोमा पुग्यो : नेता पाैडेल



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पाैडेलले सरकार असफलताकाे बाटाेतर्फ गइरहेकाे बताएका छन्।२०६२/०६३ सालपछिको आन्दोलनले परिवर्तन गरेको व्यवस्थालाई अलोकप्रिय बनाउन वर्तमान सरकार लागिपरेकाे उनले आराेप लगाएका छन्।

नेपाली कांग्रेस भुम्लो गाउँपालिका काभ्रेद्वारा भुम्ली मानेडाँडामा आयोजित बृहत् आमसभालार्इ सम्बाेधन गर्दै नेता प्रदीप पौडेलले भने, ‘०६३ पछि देशमा जुन व्यवस्था आएको छ। यसप्रति जनताले प्रश्न उठाउन थाले। योचाहिँ सरकारमा नेतृत्वको अकर्मण्डयताका कारण यस्तो भएको हाे।’

वर्तमान सरकारले विकास निर्माणका काम गर्न नसकेको उनले आरोप लगाएका नेता पाैडेलले थपे, ‘आफ्नो पार्टीले अघि बढाएका बहुबर्से आयोजनालाई कम्युनिस्ट पार्टीका नेताका नाममा नामंकन हुन थालेकाे छ,’उनले त्यसकाे उदाहरण प्रस्तुत गर्दै भने, ‘मध्यपहाडी लोकमार्गलाई पुष्पलाल लोकमार्ग बनाएको दृष्टान्त हामीसँग छ।

सरकारले रचनात्मक काम गर्न नसेकाे अाराेप लगाएका नेता पौडेलले सरकारले राम्रा काम गरे प्रतिपक्षीको रुपमा सहयोग गर्न कांग्रेस तयार रहेको पनि बताएका थिए। साथै उनले सरकारले यसरी नै नराम्रा काम गरे लोकतान्त्रिक पद्धतिबाट विरोध गरिरहने पनि बताए।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १४:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।