नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता पक्का भएको छ । यसमा राजपा नेपाल पनि सहभागि हुने जनाइएको थियो । यो बिचमा अहिले राजपा विना नै एकता तय भएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वैकल्पिक शक्ति निर्माण हुन नसक्नु दुःखद भएको बताएका छन् ।
राजपा–फोरम र नयाँ शक्तिबीचमा नै एकता गर्ने प्रयास भए पनि दुई पार्टीले वैकल्पिक शक्ति निर्माणलाई पर धकेलेको उनको बुझाई रहेको छ । उनले भने, ‘बाबुरामजीले वैकल्पिक शक्ति निर्माण गरौं भनेर नै हामी तयार भएको हो । तर केही समय पर्खिन मान्नु भएन् ।
उहाँहरूले किस्ताबन्दीमा एकता गर्नुभयो । अब हामीले भन्ने ठाउँ रहेन ।’ शनिबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालयमा पार्टी संयोजक बाबुराम भट्टराई फोरम अध्यक्ष उपेन्द्र यादव,राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरू राजेन्द्र महतो र शरतसिंह भण्डारीबीच छलफल भएको थियो ।
राजपा नेताहरूले तीन पार्टीको एकतासँगै गर्न र त्यसका लागि केही समय पर्खिन आग्रह गरेका थिए । राजपा नेताहरू निस्किएपछि बसेको नयाँ शक्ति फोरमको बैठकले पार्टी एकताका लाग अन्तिम सहमति गरेको हो । फोरम र नयाँशक्तिबीच समाजवादी पार्टी नाम राखेर नयाँ पार्टी घोषणा हुँदैछ ।




















प्रतिक्रिया