Logo

प्रमुख समाचार

उपेन्द्रसँग लगनगाँठो कसेका बावुरामलाई पहिलो गाँसमै ढुङ्गा



बावुराम भट्राईले निकै तामझामका साथ नयाँ शक्ति पार्टी गठन गरेपछि उनलाई विश्वास गरेर सो पार्टी प्रवेश गरेका तत्कालिन माओवादी केन्द्रका नेता कार्यकर्ताहरु बावुरामले उपेन्द्र यादव सँग मिलेर समाजवादी पार्टी बनाएपछि धोका भएको भन्दै सत्तारुढ नेकपामै फर्किने तयारी गरेका छन् ।

“केही नयाँ होला भनेर बाबुरामजीसँगै गयौं, तर सोचेजस्तो भएन ।” एक उच्च तहका नेताले भने, “फोरमको राजनीतिक लाइन नै मान्ने हो भने हामीले किन नेकपाबाट अलग हुनुपथ्र्यो ?

पार्टी भित्र पार्टी एकताबारे पर्याप्त छलफल नभएको समेत उनीहरुको आरोप छ । शीर्ष तहमा बाबुरामजीले एकल निर्णय गरेको र यसबारेमा परिषद तहमा समेत कुनै छलफल नभएको उनले बताए । “हामीले त नयाँ बनाउने कुरा पो गरेका थियौं, अरु भन्दा भिन्न, कार्यशैलीदेखि विचारमा भिन्न मोडेल पार्टी बनाउने कुरा थियो । शक्ति कमजोर भयो भन्दैमा एकताको एकल निर्णय गर्नु ठीक होइन ।” उनले भने ।

यो अवस्थामा सबै उस्तै नै हो भने नेकपामा नै जाँदा कम्तीमा कम्युनिष्ट त भन्न पाइने मनोविज्ञान समेत विकास भएको देखिन्छ। ठुलो संख्यामा पुर्व कम्युनिष्टहरु त यस अघि नै नेकपा मा प्रवेश गरिसकेका छन् भने बाँकी रहेकाहरुले पनि बावुरामलाई साथ नदिने बुझिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार १४:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।