राप्ती नगरपालिकाले नगरका अपांगता भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण सुरू गरेको छ । नगरपालिकाले अपांगता परिचयपत्र कार्य्विधि २०७५ जारी गरेसँगै परिचयपत्र वितरण सुरू गरेको हो ।
राप्ती नगर प्रमुख प्रभा बरालले राप्तीका तीन जना अपांगता भएका व्यक्तिहरुलाइ परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गरेकी हुन । नगरले परिचय पत्र अपांगताको अवस्था बमोजिम रातो, निलो, पहेंलो र सेतो गरी चार रङका परिचय वितरण गर्ने छ ।
राप्तीका १३ वटै वडाहरूमार्फत् सबैको तथ्यांक संकलनका कामसमेत भइरहेको महिला तथा बालबालिका शाखा प्रमुख रञ्जना पौडेलले बताइन । अपांगता परिचयपत्र भएका र नभएकाको आवेदन र स्वास्थ्य परीक्षणपछि परिचयपत्र वितरण गरिएको राप्ती नगर उपप्रमुख इमान सिहं लामाले बताए ।
परिचय पत्र वितरण गर्दै नगर प्रमुख बरालले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन र अन्तर्रा्ष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवं प्रभावकारी बनाउने गरी राप्ती नगरपालिकाले कार्य्विधि बनाएको जानकारी दिइन् ।




















प्रतिक्रिया