Logo

प्रमुख समाचार

बाग्मती सफा गर्न हिँडेका पौडेल बालुवाटार पुगेर यसरि आफैँ धमिलिए



बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् ।

भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत समेत रहेका पौडेल पनि मुछिएका हुन् ।

सरकारी जग्गा हडप्न खडा गरिएको पशुपति टिकिन्छा गुठीका नक्कली मोहीलाई करिब साढे ३ रोपनीको लालपुर्जा दिने सम्बन्धी निर्णय तत्कालीन मुख्यसचिव पौडेलको समेत संलग्नतामा भएको हो ।यो समाचार आजको नागरिक दैनिकमा मातृका पौडेलले लेखेका छन् ।

यो पनि पढ्नुहोस्

नेकपाका महासचिव पौडेललाई जोगाउन चलखेल

भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ ।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै पौडेललका छोरा नवीनका नाममा रहेको बालुवाटारस्थित आठ आना जग्गा सरकारले फिर्ता नगर्ने आशयको अभिव्यक्ति दिएपछि भूमाफियाले कब्जा गरेको ललितानिवास परिसरको बाँकी जग्गा पनि सरकारका नाममा आउनेमा आशंका बढेको छ । यसबाट ललितानिवासको जग्गा हिनामिनाको छानबिन पनि थप पेचिलो बन्ने देखिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार ०३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।