Logo

प्रमुख समाचार

गाँजा बेच्न पाउनुपर्छ भन्दै पूर्वमन्त्रि स्थापीत उफ्रीएपछी…



प्रदेश नम्बर ३ का पूर्व भौतिक योजना मन्त्री केशव स्थापितले मुलकको सम्बृद्धीका लागी कृषि क्रान्तिको विकल्प नरहेको बताएका छन् । सामुदायिक कृषिबजारको शनिबार उद्घाटन गर्दै स्थापितले कृषिको विकासमा सबैले ध्यान दिनु पर्ने बताए ।

सामुदायिक बजार भएपछी झगडा हुन्छ, मेलमिलाप हुन्छ सबैथोक हुन्छ। अनि न मान्छेले सिक्छ, उपेन्द्र महतो तराईमै बसिरहेका भए आज पान बेच्दै हुन्थे। काठमाडौ आए, यस्तै बजारहरुबाट सिके अहिले ठुला ब्यापारी भए, उनले भने।

त्यस्तै उनले अमेरिका जस्तो विकशित मुलुकमा समेत गाँजा खुला गरिएको भन्दै नेपालमा भने प्रहरीले फाँड्ने गरेकोमा रोष प्रकट गरे। उनले भने, हामी शिवजीका सन्तान हौं, गाजा रोप्नै पर्दैन, गरिखाउ भनेर शिवजीले दिए।

गाँजा पनि कृषि उत्पादन मध्येकै हो। यसबाट पनि आम्दानी गर्न सकिन्छ। बिदेशिलाई गाँजा बेच्नै पर्दैन,सुँघाएरै पैसा लिन मिल्छ,पैसा त कति आउँछ कति, उनले भने।हरित कृषी सहकारीले झन्डै १०० वटा स्टल सहित सामाखुशीमा हरित सामुदायिक कृषि बजार शुरु गरेको छ।

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार १२:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।