नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कांग्रेसकै केही नेताहरुका कारण पार्टीलाई क्षती भएको बताएका छन्।
जागरण अभियानका क्रममा काठमाडौंमा झापा क्षेत्र नम्बर १ ले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गिरिले कांग्रेसभित्रको सबैभन्दा ठूलो समस्या अन्तर्घात भएको जिकिर गरे । पार्टी नेतृत्व आत्मकेन्द्रित भएको भन्दै उनले शिर्ष नेताहरुको आलोचना गरे ।
नेता गिरिले पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल व्यक्तिगत स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाए । समाजमा विभिन्न पेसा र आस्थाका व्यक्तिहरु भएको बताउँदै गिरिले विभिन्न पक्षका आवाजहरु सुनेर कांग्रेसले आफ्नो नीतिमा परिमार्जन ल्याउनुपर्नेमा जोड दिए ।
नेता गिरिले वर्तमान सरकारले आफ्नो चाहनालाई जनताको चाहना भनी परिभाषित गरेको भन्दै असहमति प्रकट गरे ।




















प्रतिक्रिया