पछिल्लो समय समाजिक संजालको प्रयोगमा सावधानी नअपनाउँदा एकै छिनको आवेगलाई नियत्रणमा लिन नसक्दा आफ्नै आवेगका कारण धेरै जना नराम्रोसँग फसिरहेका छन् ।
‘५० लाख दिनुस् ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा काठमाडौं महानगरपालिका बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका९२ घर भएका ३४ वर्षीय लाल बाहदुर तामाङलाई सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ९भाई” नामक फेसबुक आईडी प्रयोगकर्ता निज तामाङले उक्त कमेन्ट गरेको खुल्न आएको छ ।
सामाजिक संजालमा उक्त कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।




















प्रतिक्रिया