Logo

अन्तर्राष्ट्रिय

एका एक क्यामारा बोकेर ऋषि धमला दिल्ली पुगेपछि…



भारतमा लोकसभा निर्वाचनको मतगणना चलिरहँदा त्यसले विश्वको ध्यान खिचिरहेको छ । भारत मात्रै होइन छिमेकी मुलुक नेपालमा पनि भारतीय लोकसभा निर्वाचन मतगणनाले व्यापक चर्चा पाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले भारी बहुमत सहित फेरि पनि सरकारको नेतृत्व गर्ने पक्का भएको छ । यसविच भारतीय जनता पार्टीले आज साँझ दिल्लीमा एक विशेष विजय सभाको आयोजना गरि खुसी साटेको छ । भारतीय लोकसभा निर्वाचनको नतिजा आउँने क्रमसँगै नेपालका चर्चित पत्रकार ऋषि धमला पनि भारत पुगेका हुन् ।

भारतीय जनता पार्टीले कार्यक्रम गरेको स्थानमा धमलालाई देखिए पछि सबै छक्क परेका थिए ।नेपालका हटकेट पत्रकार धमला यहाँ कुनै पनि नयाँ कुरा आउँदा निकै अगाडि बढिरहेका हुन्छन् । भारतबाट नै लोकसभा निर्वाचनको ताजा मत परिणाम सहित नयाँ नयाँ खबरहरु अपडेट गर्न धमला भारत पुगेको बताइएको छ ।

भारतबाटै फेसबुक लाइभमा आएका धमलाले भारतको लोकसभा निर्वाचनले नेपाललाई पनि प्रभाव पार्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचण्ड जितको लागी बधाई दिँदे खुसी साट्न आफू पनि दिल्ली आएको बताए । भारतीय नेताहरुसँग राम्रै उठबस भएका धमलाले दिल्लीमै रहँदा भारतका उच्च तहका नेताहरु सँग पनि कुरकानी गर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस् 

गान्धिले राजिनामा दिएपछि भारतमा तरंग, राजिनामा लुकाउँन सोनियाँको यस्तो चलखेल

लोकसभा निर्वाचनमा नराम्रोसँग पराजित भएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा दिने तयारी गरेका छन् ।

बहिनी प्रियंका गान्धी र आमा सोनिया गान्धी लगायतका वरिष्ठ नेताहरु संलग्न बैठकमा बिहीबार उनले आफूले राजीनामा दिन तयार रहेको बताएका हुन् । उनले चुनावी हारको सम्पूर्ण जिम्मा आफूले लिने बताएका हुन् ।एक हप्ताभित्र केन्द्रीय कार्यसमितिको बैठक बस्ने र उनको प्रस्तावमाथि निर्णय हुने छ ।

यो पनि 

भारतमा लोकसभा निर्वाचनमा काग्रेस आइले लज्जास्पद हार बेहोरे पछि हारको जिम्मा लिँदै काग्रेस आइका अध्यक्ष राहुल गान्धिले पार्टी अध्यक्षको पदबाट राजिनामा दिएका छन् ।भारत उत्तर प्रदेशको अमेठीबाट लोकसभा चुनाव २०१९ मा पराजीत हुने निश्चित भएसँगै भारतीय काँग्रेसका भारतीय समाचार च्यानल आजतक र एवीपी न्यूजका अनुसार उनले पार्टी संरक्षक सोनिया गान्धी समक्ष बिहीबार राजीनामा पत्र बुझाएका हुन् ।

राजीनामा पत्र बुझाउनु अघि गान्धीले पत्रकार सम्मेलन गरी अमेठीमा आफूले हार ब्यहोरेको स्वीकार गरेका थिए । राहुल गान्धीको अध्‍यक्षतामा लडेको पहिलो लोकसभा चुनावमा कांग्रेसको स्थिति सुधारिनुको साँटो अध्यक्ष स्वयं नै लोकसभा चुनावमा पराजीत भएपछि उनले राजीनामा दिएको स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन्।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका गान्धीले केरलामा चुनाव जितेका छन् भने अमेठीमा पूरा मतपरिणाम आउनु पूर्व नै स्वयं भाजपाकी नेतृ स्मृता इरानीसँग पराजीत भएको स्वीकार गरेका हुन् । अहिलेसम्म चुनाव आयोगले यसको नतिजा सार्वजनिक गरिसकेको छैन।

राहुल गान्धीले आफ्नो हार स्‍वीकार गर्दै लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र स्मृतिलाई समेत जीतको बधाई दिएका छन् । गान्धी परिवारको परम्परागत सीटको रुपमा मानिने अमेठीबाट समेत हार बेहोर्नु नै उनको राजीनामाको कारण हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले आँकलन गरेका छन् ।

राहुल गान्धीले पत्रकार सम्मेलनको क्रममा भने यसबारे केही पनि बताएका थिएनन् । उनले भने, मैले चुनाव अभियानमा भनेको थिएँ कि जनता मालिक हुन्। आज जनताले आफ्नो फैसला दिएकाछन् । म पीएम मोदीलाई बधाई दिन्छु । हाम्रो तर्फबाट जो उम्मेदवार बने उनीहरुलाई मत दिनेलाई पनि धन्यवाद दिन चाहन्छु । हाम्रो लडाईं विचारधाराको लडाईं हो। हामीले मान्नै पर्छ कि यो चुनावमा मोदीले जितेका छन् । अमेठीमा स्मृति ईरानीले जितेकी छिन् । म चाहन्छु प्यारले अमेठीका जनताको देखभाल गरियोस् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको जित भनेर प्रतिक्रिया दिए पछि भारतिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पनि मुख खोलेका छन् । चुनावी दौरानमा मोदीलाई अबको केहि दिनको मात्र प्रधानमन्त्री भनेर कटु आलोचना गरेका गान्धिले अन्तत चुनावी हार स्वीकार गरेका छन् र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

मत गणना जारी रहेका बेला पत्रकार सम्मेलन गरेर राहुलले हारको जिम्मेवारी लिने बताएका हुन् ।विचारधाराको लडाई जारी रहेको भन्दै उनले विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे ।राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । तर, अर्को क्षेत्रबाट चुनाव जितेका उनले अमेठीका जनताको फैसलालाई सम्मान गर्ने बताए ।

राहुलको राजिनामा लुकाउँन सोनियाँको चलखेल

भारतीय काग्रेसआइले लोकसभा निर्वाचनमा लज्जासपद पराजय बेहोरे पछि पार्टीका अध्यक्ष राहुल गान्धिले पदबाट राजिनामा दिएका छन् । राहुलले सोनिया गान्धिलाई राजिनामा बुझाएको दावी सहित भारतीय टेलिभिजन च्यानल इण्डिया टीभीले समाचार प्रसारण गरेपछि यस विषयले अहिले भारत भर व्यापक चर्चा पाएको छ ।

राहुलको राजिनामाको विषयमा विभिन्न चर्चा चलिरहँदा स्वयम सोनिया गान्धिले राहुलको राजिनामा लुकाउँन खोजेको समेत चर्चा चलेको छ । लोकसभा चुनावमा हार स्वीकार गरेपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाईसँगै अध्यक्ष पदबाट राजिनामा दिएको खबर बाहिरिएको छ ।

भारतीय टेलिभिजन च्यानल, इन्डिया टीभीुले स्रोतको हवाला दिँदै राहुलले सोनिया गान्धीलाई राजिनामा बुझाएको समाचार सम्प्रेषण गरेको छ । सोनियाले राहुललाई अहिल्यै राजिनामा नदिन आग्रह गरेकी थिइन् ।

तर राहुलले राजिनामा दिएको हो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन । स्वयं राहुलले मिडियालाई आफूले राजिनामा दिएको बताएका छैनन् । ‘यो मेरो र सीडब्ल्युसी (कांग्रेस वार्किङ कमिटी) बीचको कुरा हो,’ राहुलले भने ।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका राहुलले केरलामा भने चुनाव जितेका छन् ।अमेठीमा पूरा मतपरिणाम आउनु अघि नै आफ्नो प्रतिद्वन्द्वी भाजपाकी स्मृता इरानीसँग हार स्वीकार गरेका गरेका थिए ।

हेमा मालिनी र सन्नी देवलले चुनाव जितेपछि नाचे धर्मेन्द

बलिउडकै चर्चित कलाकार सन्नी देवल र हेमा मालिनीले चुनाव जितेका छन् । नातामा आमा छोरा रहेका हेमा मालिनी र सन्नी देवल जीतले कलाकार धर्मेन्द्रको परिवारमा खुशी ल्याएको छ ।

श्रीमती र छोराले भारतीय जनता पार्टीबाट चुनाव जीतेसँगै धर्मेन्द्र खुशीले दंग भएर नाचेका छन् । उनिसँगै अर्का छोरी बबी देवल समेत दाइ र आमाको जीतमा दंग छन् ।

अभिनेता सनी देवलले भारतीय लोकसभा निर्वाचनमा ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन् । देवल पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी भारतीय काँग्रेसका सुनिल कुमार जाखारले ४ लाख ७० हजार मत ल्याएका छन् । सनीले मालिनीले ७७ हजार ०९ मतान्तरले चुनाव जितेका हुन्।

त्यस्तै भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनीले प्रतिस्पर्धी आरएलडीका उम्मेदवार कुँवर नरेन्द्र सिंहलाई हराएर चुनाव जितेकी हुन्। मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन्।

उनका निकटतम प्रतिस्पर्धी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन्। मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन्। उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन्।

हार उन्मुख रहेका यी हुन् काँग्रेसका ८ पूर्व मुख्यमन्त्री

लोकसभा चुनावको नतिजा कांग्रेसका लागि एकदमै निराशाजनक साबित भएको छ । यस पटक पार्टी ५० सीटमा अघि बढिरहेको छ ।

कांग्रेस पार्टी आफ्नो सत्ता वाला कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तिसगढमा नराम्रो रुपमा परास्त भएका छन् । यसका साथ कांग्रेसका ८ पूर्व मुख्यमन्त्री समेत हार तर्फ बढ्दो रुपमा देखिएको छ ।

सत्तामा फेरि आउने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको कांग्रेस पार्टीकी शीला दीक्षित, दिग्विजय सिंह सहित ८ पूर्व मुख्यमन्त्रीहरुको दाबी देखिएको छ । चुनावी नतिजाहरुमा सबै पूर्व मुख्यमन्त्री हार तर्फ बढिरहेको छ ।

१. भूपिन्दर सिंह हुड्डा

हरियाणाका पूर्व मुख्यमन्त्री भूपिन्दर सिंह हुड्डा यस पटक सोनीपतको सीटबाट चुनावी मैदानमा उत्रिएका छन् । उनको सामु बीजेपीका रमेश चन्द्र कौशिक चुनावी मैदानमा छन् ।

२. शीला दीक्षित

लगातार १५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री बनेकी शीला दीक्षितलाई कांग्रेसले राजधानीको उत्तर पूर्वी दिल्ली संसदीय सीटबाटउम्मेदवार बनाएको थियो । यहाँ उनको मुकाबला सिटिङ्ग सांसद बीजेपीको मनोज तिवारीसँग रहेको छ । जो लगभग एक लाखको अन्तरले जित तर्फ छन् ।

३. दिग्विजय सिंह

कांग्रेसका वरिष्ठ नेता तथा मध्य प्रदेशका पूर्व सीएम दिग्विजय सिंह लामो समयपछि चुनावी मैदानमा उतारेको छ । पार्टीको तर्फबाट उनले भोपाल लोकसभा सीटबाट क्याण्डिडेट बनाएको छ। उनी भाजपाको प्रत्याशी साध्वी प्रज्ञा ठाकुरसँग चुनाव हार्ने सम्भावनामा छन् ।

४. हरीश रावत

उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरीश रावतलाई कांग्रेस नैनीताल(उधमसिंहनगर संसदीय सीटसँग पार्टी प्रत्याशी बनाइएको छ। उनी अहिले लगभग ३ लाख भोट अन्तरले बीजेपीका अजय भट्टको पछि छन्।

५. मुकुल संगमा

मेघालयका पूर्व मुख्यमन्त्री मुकुल सँगमालाई कांग्रेसले तुरा लोकसभा सीटबाट चुनावी मैदानमा उतारेको थियो । उनी नेशनल पिपुल्स पार्टीका क्याण्डिडेट अगाथा संगमासँग एकदमै पछि चलिरहेका छन् ।

६. सुशील शिन्दे

कांग्रेसका दिग्गज नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री सुशील शिन्दे यस पटक सोलापुर ९सुरक्षित० सीटबाट चुनावी मैदानमा छन्। उनी बीजेपी प्रत्याशी जय सिद्धेश्वर शिवाचार्य महास्वामीजीसँग पछि चलिरहेको छ ।

७. नबाम टुकी

अरुणाचल प्रदेशको पूर्व मुख्यमन्त्री नबाम टुकी कांग्रेसको टिकटमा अरुणाञ्चल पश्चिमको सीटबाट चुनावी मैदानमा थिए । उनी यहाँबाट बीजेपी उम्मेदवार किरण रिजिजूबाट हार्ने देखिएको छ ।

८. अशोक चव्हाण

महाराष्ट्रका पूर्व मुख्यमन्त्री अशोक चव्हाण यसपटक कांग्रेसको टिकटमा नान्देड सीटबाट लोकसभा चुनावमा लडिरहेका छन् । यहाँ बीजेपी प्रत्याशी प्रताप चिखलिकर पछि चलिरहेको छ ।

भाजपाको जीतसँगै चिया पसलमा देखिए विवेक ओबेराय

भारतमा भारतीय जनता पार्टीले अत्याधिक मत ल्याउने भएसँगै बलिउड अभिनेता विवेक ओबेराय चिया पसलमा देखिएका छन् ।ओबेराय भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार मत गणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने क्रममा मुम्बई स्थित चिया पसलमा बिहीबार चिया बेच्दै देखिएका हुन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मोदीको भुमिकामा अभिनय गरेका छन् । अभिनेता ओबेराय मतपरिणाम आउन सुरुभएसँगै चिया पसलमा देखिएर ‘प्रधानमन्त्री नरेन्द्र मोदी’ फिल्मको प्रचारमा जुटेका छन् ।

बाल्यकालमा चिया बेचेका मोदीले सन् २०१४ को लोकसभा चुनामा चायवालाको नामबाट चुनावी प्रचार गरेका थिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदी’ फिल्म भोली शुक्रबारबाट रिलिज हुदैछ । निर्वाचन आयोगले भाजपालाई सहयोग पुग्ने भन्दै निर्वाचन अघि चलचित्र रिलजमा रोक लगाएको थियो ।

चुनाव आयोगले चुनाव आचार संहिता लागू भएको भन्दै यो फिल्ममाथि रोक लगाएको थियो। आयोगले आफ्नो आदेशमा, चुनावको दौरान यस्तो फिल्मको प्रदर्शनको इजाजत दिन सकिँदैन । जसले कुनैपनि दल र व्यक्तिको पक्षपोषण गरेको होस् भनेको थियो।

चलचित्र उमंग कुमारद्वारा निर्देशन गरेका छन् । विवेक ओबरायका पिता सुरेश ओब्राय उक्त फिल्मका एक निर्माता हुन्। अभिनेता विवेक ओबरायले वडोदराबाट चुनावमा उठ्न सक्ने बताएका थिए ।

 

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १६:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।