Logo

अन्तर्राष्ट्रिय

प्रतिपक्षी नेता बिहीन बन्यो मोदी सरकार, यस्तो छ सरकार बन्ने प्रक्रिया



भारतमा लोकसभा चुनावको पूरा मत परिणाम आइसकेको छ । जसमा भारतीय जनता पार्टीको मात्रै पनि पूर्ण बहुमत आएको छ । २७२ सिटमा बहुमत मिल्नेमा भाजपा एक्लैले ३०३ सिटमा जीत हाँसिल गरेको छ । उसको नेतृत्वमा रहेको एनडिए गठबन्धनले ३५२ सिट जितेको छ ।

यसरी भाजपाको भारी बहुमत आइरहँदा अब बन्ने लोकसभा पनि प्रतिपक्ष विना नै निर्माण हुने भएको छ। काँग्रेसले प्रतिपक्ष बन्नको लागि आवश्यक १० प्रतिशत अर्थात् ५५ सिट पनि ल्याउन नसकेकोले कुनैपनि पार्टी प्रतिपक्षी नेताको रुपमा सूचीकृत हुनेछैनन् । यही स्थिति २०१४ को चुनावबाट बनेको १६ ‌औं लोकसभामा पनि रहेको थियो । यो चुनावमा कांग्रेसले मात्रै ५१ सिटमा चुनाव जितेको छ जबकी कांग्रेसको गठबन्धन वाला यूपीएलाई कूल ८७ सीट मिलेको छ ।

२०१४ मा पनि कांग्रेसलाई मात्रै ४४ सीट प्राप्त भएको थियो । त्यतिबेला पनि पार्टीलाई नेता प्रतिपक्षको भूमिका दिइएको थिएन । कांग्रेस लोकसभामा सबैभन्दा ठूलो विपक्षी दल थियो। त्यसैले केन्द्रको एनडीए सरकारले कांग्रेसका नेता सदन मल्लिकार्जुन खडगेलाई सबैभन्दा जेठा विपक्षी दलका नेताको रुपमा प्रतिपक्षी दलको रुपमा मान्ने गरेका थिए । तर, मल्लिकार्जुन खड्गेले यी अहम बैठकहरुको विरोध गर्दै जतिबेलासम्म प्रमुख प्रतिपक्षी दलको नेता चुनिँदैनन् ।

त्यतिबेलासम्म बैठकमा सामेल नहुने भनेर बैठकमा उपस्थित नै भएका थिएनन् । यही कारणले लोकपालको नियुक्ति समेत कैयौं महत्वपूर्ण बैठकमा मल्लिकार्जुन खड्गे शामेल भएनन् । यस पटक समेत कांग्रेस बहुमतको कुरा त परको कुरा प्रतिपक्षी दलका नेता समेत बनाउन सक्ने अवस्थामा भएनन् ।

यसका साथै सत्ताधारी एनडीएले ऐतिहासिक प्रदर्शन गरेका थिए । एनडीएको हिस्सा ३५२ सीट आएको छ । २०१४ को चुनाव परिणामबाट १६ सीट बढी हो । अब जबकि परिणाम सबैभन्दा अघि यो सवाल उठेको छ कि नयाँ सरकार आफ्नो कार्यभार कहिले र कसरी ग्रहण गर्नेछन् ।

शुक्रबार सरकारले १६ औं लोकसभालाई भंग गराएको छ । क्याबिनेटको निर्णयसँगै सो निर्णय राष्ट्रपति कार्यालय पठाइएको छ । जसको आधारमा लोकसभाको कार्यकाल पूर्ण भएको घोषित गर्दन्। लोकसभाको कार्यकाल ३ जुनसम्म चल्ने छ ।

सबै चुनाव नतिजापछि मुख्य निर्वाचन आयुक्तले राष्ट्रपतिलाई अन्तिम चुनावी नतिजाको रिपोर्ट बुझाउने छन् । सबैभन्दा ठूलो दलको रुपमा रहेका सांसदहरुलाई नवनिर्वाचित सदस्यहरुको बैठक हुनेछ । जसमा औपचारिक रुपमा नेताको चुनाव हुनेछ । निर्वाचित भएपछि सबैभन्दा दलका नेता राष्ट्रपतिसँग भेटघाट गरेर सरकार बनाउन दाबी पेश गर्नेछन् । आपसी सुविधाबाट शपथग्रहणका लागि दिन वा समय तय गरिनेछ । नयाँ सरकारको शपथग्रहणसम्म अहिले रहेको सरकार नै कार्यवाहकको रुपमा काम गर्दछ ।

जानकारीका अनुसार २६ मेमा प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपतिसँग मिलेर सरकार बनाउने दाबी पेश गर्नेवाला छन् । यसका साथै यो पनि समाचार छ कि ३० मेको साँझ पाँच बजे मोदीको दोस्रो कार्यकालको लागि शपथ ग्रहणको कार्यक्रम हुनेछ । २८ मेमा प्रधानमन्त्री नरेन्द्र मोदीको वाराणसी जाने कार्यक्रम रहेको छ । २९ मे मा प्रधानमन्त्री अहमदाबादमा आफ्नी आमासँग आशीर्वाद लिने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस् 

केपी ओलीको आदर्श नक्सलबाडी सहित पूरै भारतमा कम्युनिष्ट बढारिए

नेपालमा झापा आन्दोलनलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने भारतको पश्चिम बंगालका सहित भारतका सबै कम्युनिष्टहरु १७ औं लोकसभा चुनावसम्म आईपुग्दा पत्तासाफ भएका छन् । कूल ११८ सिटमा चुनाव उठेका भारतीय दुई कम्युनिष्ट पार्टीका उम्मेदवारहरु ५ सिटमा मात्रै विजयी भए । कुनैबेला भारतसँगै नेपालमा समेत कम्युनिष्ट आन्दोलन चर्काउने हिम्मत राख्ने भारतीय कम्युनिष्ट पार्टीहरु अहिले भारतबाटै पलायन उन्मूख बनेका छन् ।

अझ रोचक कुरा के छ भने भारतको पश्चिम बंगालमा झण्डै ३३ वर्ष अविछिन्न शासन गरेका कम्युनिष्टहरु पश्चिम बंगालमा यो चुनावसम्म आईपुग्दा एक सिट पनि नजित्ने र कतिपय ठाउँमा त जमानत जफत हुनेगरी न्यूनतम मत ल्याउन बाध्य भएका छन् । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) र भारतीय कम्युनिष्ट पार्टीले क्रमशः ६९ सिट र ४९ सिटमा आफ्ना उम्मेदवारी दिएका थिए । जस मध्ये माक्र्सवादीले ३ सिट र भाकपाले जम्मा २ सिटमा मात्रै चुनाव जित्न सफल भयो ।

गत महिना हाम्राकुराले गरेको स्थलगत अध्ययनको क्रममा पश्चिम बंगालका विभिन्न ग्रामीण भेगमा स्थानीयहरुले कम्युनिष्ट सत्ताप्रति निकै असन्तुष्टि व्यक्त गरेका थिए । कूल ३३ वर्षसम्म शासन गर्दा पनि बंगाल र बंगालबासीको जनजीवन सुधार्न नसकेको भन्दै कम्युनिष्ट पार्टीप्रति उनीहरुको असन्तुष्टि थियो । त्यहाँ विशेषगरी ४ पार्टीहरु अस्तित्वमा रहेकोमा सबैभन्दा कमजोर भाकपा रहेको छ भने भारतीय राष्ट्रिय काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

भारतीय जनता पार्टी (भाजपा)दोस्रो स्थानमा बलियो पार्टी बनेको छ भने तृणमूल काँग्रेस पहिलो बनेको छ । कम्युनिष्ट पार्टी अफ इण्डियाको तर्फबाट चुनाव उठेका चर्चित युवा नेता कनैया कुमारले समेत प्रतिस्पर्धीसँग ४ लाख मतले चुनाव हारेपछि भारतमा अब विस्तारै कम्युनिष्टको अस्तित्व सकिन लागेको विश्लेषण हुन थालेको छ । पार्टीको जनमत कम भएसँगै अहिले पश्चिम बंगालमा कम्युनिष्ट आन्दोलन पनि मत्थर भएको छ ।

भारतीय कम्युनिष्ट र नेपाली कम्युनिष्ट आन्दोलनको तुलना

पश्चिम बंगालको दार्जेलिङ जिल्लामा पर्ने नक्सलवाडी भन्ने ठाउँमा सुरु भएको कम्युनिष्ट आन्दोलनकै प्रभावले अहिले नेपालमा दुई तिहाईको कम्युनिष्ट सरकार गठन भएर चलिरहेको छ । तर, कम्युनिष्ट आन्दोलनको उद्गम भूमिमा नै कम्युनिष्टहरुको खडेरी देखिएको छ । अर्थात् अहिलेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आदर्श नै नक्सलबाडी आन्दोलन थियो । यसैको सहयोगमा भएको झापा आन्दोलनबाट नै ओली चर्चामा आएका हुन् ।

भारतको पश्चिम बंगालमा रहेको नक्सलवाडी आन्दोलनको उद्गम भूमि पश्चिम बंगालको नक्सलवाडी भन्ने ठाउँबाट भएको हो । लोकसभा चुनावमा सन् १९७१ देखि अहिलेसम्म ६ वटा संसदीय निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टीले चुनाव जितेको छ । तर, पछिल्लो पटकको तीनवटा निर्वाचन भारतीय काँग्रेस र भाजपाले जितेको छ भने पछिल्लो पश्चिम बंगालको दुईवटा विधानसभा चुनावमा समेत तृणमूल काँग्रेसले चुनाव जितेको छ ।

भारतमा नक्सलवाडी आन्दोलन गर्ने दल र पश्चिम बंगालको सत्ता सम्हालेको दलबीच केही भिन्नता भने रहेको छ । नक्सलवादी आन्दोलन गराउने दल भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का नेता चारु मजुमदारको नेतृत्वमा गठन भएको कम्युनिष्ट पार्टीले गरेको हो ।

बंगालको कम्युनिष्ट आन्दोलन र नेपालको झापा आन्दोलनबीच एउटा विशिष्ट प्रकारको सम्बन्ध रहेको छ । दुबै कम्युनिष्ट पृष्ठभूमिका आन्दोलनहरुले आ आफ्नै किसिमको उच्चतम स्थान हाँसिल गरिसकेका छन् । नक्सलवाडी आन्दोलनपछि चर्चित भएका भारतीय कम्युनिष्टहरुले पार्टीगत रुपमा केही भिन्न भएपनि भारतको पश्चिम बंगालमा साढे ३ दशक एकलौटी शासन चलाइसकेको इतिहास छ । तर, अहिले त्यो स्थिति पश्चिम बंगालमा देखिँदैन । तर, सोहीबेलाको कम्युनिष्ट आन्दोलनका सहयात्री नेपाली कम्युनिष्टले भने नेपालमा दुई तिहाईको सरकार बनाएको छ ।

झापा सशस्त्र संघर्षको थालनी २०२८ जेठ २ गतेदेखि भएको थियो । सो दिन जमिनदारहरुमाथि आक्रमण गरेर झापा आन्दोलनको औपचारिक सुरुवात गरिएको थियो । नेपालमा झापा विद्रोहलाई सहयोग गर्न भाकपा (माले)बाट भोगेन राजवंशी र राजेन राजवंशी नामका दुई कमाण्डरहरु नेपाल आएका थिए । उनीहरुलाई पनि पछि पञ्चायती शासकले जेल हालेको नेकपा मालेका महासिचव सीपी मैनालीले बताए ।

भारतमा नक्सलवाडी आन्दोलनको सुरुवात सन् १९६७ मा सुरु भएको थियो भने नेपालको झापा आन्दोलन २०२७ मा सुरु भएको थियो । यो वर्षको हिसावले ३ वर्ष अघिपछि हो । बंगालमा चिनियाँ जनक्रान्तिबाट प्रभावित भएर नक्सलवाडी आन्दोलन सुरु भएको थियो भने नेपालमा नक्सलवाडी आन्दोलनको प्रभाव थियो ।

सोभियत संघको रसियनमा कम्युनिष्ट पार्टी सन् १९५६ मा खुरस्चेभको नेतृत्व आएपछि विश्वको कम्युनिष्टपार्टी दुई धु्रवमा बाँडियो । चिनियाँ जनक्रान्तिका नायक माओत्सेतुङले खुरस्चेभको नेतृत्वलाई संशोधनवादी भन्दै आलोचना गर्न लागे । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन २ भागमा विभाजित भएपछि १९६४ मा भारतीय कम्युनिष्ट पार्टी पनि दुई ध्रुवमा विभाजित भयो ।

सोही कम्युनिष्ट पार्टीको विभाजन पछि पुरानो कम्युनिष्ट पार्टीप्रति असन्तुष्टि व्यक्त गर्दै नक्सलवाडी आन्दोलनका नेतृत्वकर्ता चारु मजुमदार सुरु गरेका थिए भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी) पार्टी । उनैले सन् १९६७ सालमा बंगालको नक्सलवाडी, खोरीबारी, खासीदुवा प्रहरी थानामा आक्रमण गरी सशस्त्र विद्रोहको घोषणा गरेका थिए हाम्राकुरामा समाचार छ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ०४:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।