Logo

मनोरञ्जन

समस्या समाधान गर्न कुलमान घिसिङको निर्देशन, धुर्मुस खुसी



प्रदेश नम्बर ३ को राजधानी संगै जोडिएको जिल्ला चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लागेका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गरेका छन् ।

सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गरेका थिए । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू समस्या समाधानको लागि तयार रहेको बताएका छन् ।

उनले क्रिकेट रंगशाला आसपासको बिजुलीको भोल्टेज बढाएर रंगशाला निर्माणलाई सहज गरिदिन पहल पनि सुरु गरेका छन् । घिसिङले धुर्मुसकै सामुन्ने चितवनका भार प्रेषण शाखाका प्रमुख सुरेश महतोलाई फोन गरेर समस्या समाधानको लागि निर्देशन पनि दिएका छन् ।

यो पनि पढ्नुहोस् 

कुलमानले गरे कमाल, त्रिशूली थ्री ‘ए’बाट ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो

रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।

गएको शुक्रबार साँझ ५ बजेदेखि सुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीन दिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युत्को उत्पादन सफल रूपमा गरिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए ।

उनको अनुसार आयोजनाको पहिलो युनिटमा निरन्तर लोड (विद्युत उत्पादन) दिएर गरिएको परीक्षणमा कुनै ह्रास तथा समस्या उत्पन्न नभई साँझ ५ बजे परीक्षणको अवधि सम्पन्न गरिएको छ । तीन दिनको परीक्षण अवधि र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिहीबारको अवलोकनको क्रममा सञ्चालन गरिएको समयमा समेत गरेर आयोजनाबाट २६ लाख २० हजार ८०० युनिट (२,६२०.८० मेगावाट) विद्युत उत्पादन भएको छ ।

विद्युत थ्री ‘ए’ आयोजनामार्फत नै निर्माण गरिएको त्रिशूली–काठमाण्डौ २२० केभी ‘डबल सर्किट’ प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थ सवस्टेशनमा लगेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आपूर्तिको माग बढिरहेको अहिलेको सुख्खायाममा थप भएको उक्त विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएसँगै विद्युत अभावमा महत्वपूर्ण राहत महशुस भएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए ।

उनको अनुसार आयोजनाको एक युनिटको परीक्षण सफल भएसँगै आज साँझदेखि कम्तिमा आठ दिनको लागि पहिलो युनिटलाई पुनःपरीक्षणको लागि बन्द गरिएको छ । ‘यो अवधिमा निर्माण पक्षले आयोजनाको सम्पूर्ण संरचनाको सुक्ष्म रूपमा पुनःपरीक्षण गर्दछ,’ आचार्यले भने, ‘पहिलो युनिटको तीन दिनको परीक्षण सफल भएकाले पुनःपरीक्षण सफल हुने र त्यसपछि निरन्तर सञ्चालनमा ल्याइनेछ ।’

पहिलो चरणमा प्रथम युनिटबाट ३० मेगावाट विद्युत उत्पादनको परीक्षणमा सफलता हासिल गरेको आयोजनाले आगामी असार दोस्रो सातासम्म दोस्रो युनिटबाट थप ३० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ अन्तिम चरणमा पुगेको निर्माण कार्यलाई थप तीव्र बनाएको छ ।

यस आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक र चीनले आर्थिक व्यवस्थापन गरेको छ । आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान छ ।

थप समाचार 

पहरामा टाउको ठोकिदा कसरी दुख्छ अब मोदीलाई सोध्नुस् !

संबिधान सभाका समयमा संसदको कुर्सी भाँचेर एकाएक चर्चामा आएका तात्कालिन नेकपा मावोबादी केन्द्रका सांसद अमनलाल मोदी फेरि चर्चामा आएका छन् । संयोग चाँही कस्तो भने दुवै पटक जव उनि चर्चामा आए राम्रो काम गरेर होइन, नराम्रो काम गरेर । (लाइट सिटि अभियान) उज्यालो नेपालका अभियान्ता नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भ्रष्टाचारको आरोप लगाएर नग्याउँन खोज्दा मोदीलाई आफैँ नांगिएर पत्तासाफ भएको पत्तै पाएनन् ।

घिसिंगसँग जोरी खोजेका मोदीको एक छिनको आवेगले उनलाई अहिले ठूलै टाउको दुखाइको विषय बनिरहेको छ । दिनको १८ घण्टा सम्म अध्यारोमा बसेका नेपाली दाजुभाईहरुलाई जब कुलमानले उज्यालो बाँढे ती जनताहरु कुलमान माथि आइपरेको अप्ठेरोमा जुधेर लागेका छन् । आफ्नो निहित स्वार्थका लागि प्रतिशोधपूर्ण व्यवहार गर्ने मोदीलाई अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ ।

साँच्चै भन्ने हो भने ढुंगामा लगेर टाउको ठोकेको जस्तै पीडमा परेका छन् । यसको दुखाइ उनलाई मात्रै थाहा होला । कुलमानले आफूलाई लागेको आरोप पुष्टि गरेर देखाउँन समेत मोदीलाई चुनौती दिएका छन् । आरोप पुष्टि भए झण्डिएर मर्ने सम्मको चुनौती कुलमानले दिएका छन् । अनामलाल मोदीले कुलमान घिसिंगलाई पुरानै रिस पोखेको पुष्टि भएको छ । पछिल्लो जानकारी अनुसार मोदीले कुलमान सँग ५ लाख मागेको कुराहरु समेत बाहिर आएको छ ।

अरुलाई आगो झोस्न खोज्दा खोज्दा आफैँलाई आगोले पोलेको थाहा नै पाएनन् जब मोदीले । जनताको दरिलो साथ कुलमानले पाइरहेका छन् भने मोदीको चर्को भन्दा चर्को आलोचना भइरहेको छ ।

भित्रि स्रोतका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका साँसद अमनलाल मोदीले विराटनगरको कटहरी क्षेत्रको सवस्टेशन सञ्चालन गर्न आयोजनासंग ५ लाख रुपैयाँ घुस मागेको खुलासा भएको छ । मोरङ्ग विराटनगरका प्रमुख जिल्ला अधिकारीका अगाडि नै साँसद मोदीले ५ लाख रुपैयाँ दिए मात्र सवस्टेशन सञ्चालन गर्न दिन बताएका थिए ।

एक महिना अघि सवस्टेशन सञ्चालनमा ल्याउन सीडीओ कार्यलयमा भएको बैठकमा साँसद मोदीले उद्योगले एक रुपैयाँ पैसा नदिएकाले उनीहरुलाई त्यसै बिजुली दिन नसकिने भन्दै विद्युत प्राधिरकणको आयोजनाले पैसा दिनुपर्ने भनेका थिए । कुलमानले घुस नदिएपछि मोदीले संघीय संसदको सार्वजनीक लेखा समितिमा उल्टै भ्रष्टचार गरेको आरोप लगाएका थिए ।

‘उद्योगलाई बिजुली दिन सवस्टेशन बनेको हो, उद्योगले अहिलेसम्म १ रुपैयाँ दिएका छैनन, त्यसैले आयोजनाले ५ लाख रुपैयाँ मलाई दिनुपर्छ अनि मात्र सवस्टेशन सञ्चालन गर्न दिने छु’ मोदीको भनाई उधृत गर्दै प्राधिकरणका एक उच्च अधिकारीले भने । पैसा नदिने उद्योगलाई किन लाइन दिने ? मोदीको प्रश्न थियो ।

प्राधिकरणका निर्देशक घिसिङ्गले सरकारी संस्था भएकाले पैसा दिन निमिल्ने भनेपछि दुईबीच केही बेर भनाभन भएको थियो । सीडीओको अगाडी साँसद मोदीले तलाई लेखा समितिमा देखाइ दिन्छु भनेर धम्की समेत दिएका थिए । मंगलबारको लेखा समिति बैठकमा कुलमानले भ्रष्टचार गरेको आरोप लगाए । दुईबीच केही बेर भनाभन भएको थियो ।

सवस्टेशन सञ्चालन गर्न नदिएपछि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले अनुरोध गर्दा पनि साँसद मोदीले अटेर गरिरहेका छन । एसियाली विकास बैंङ्क (एडीबी) को सहयोगमा निर्माण भएको सवस्टेशन हो । देशभरी एडीबीको ऋणमा ७५ ओटा सवस्टेशन निर्माण भइरहेका छन् ।

सवस्टेशन २ महिनाअघि नै चार्ज हुनुपर्ने थियो । काम गर्न नदिएपछि ठेकेदारले आयोजना छाडेको छ । सवस्टेशन सञ्चालन भएन भने भोल्टेजको कम हुने भएकाले त्यो क्षेत्रमा लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ । विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भएपनि साँसद मोदीको अगुवाइमा विद्युत आपूर्ति हुन दिइएको छैनन्  ।

सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध रहेको छ । स्थानीयबासिन्दाले गरेको अवरोधको नेतृत्व साँसद मोदीले गर्दै आएका छन् । कटहरी सबस्टेसन तत्काल चार्ज भएनभने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था आएको प्राधिकरणले जानकारी दिएको छ ।स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

साथै प्रेम कैदीले कुलमान घिसिङलाई भारतीय दलाल भनेपछि…

पछिल्लो समय नेपाल विधुत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चर्चाको केन्द्रमा छन् । केहि दिन अघि संसदको लेखा समितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथि भ्रष्टाचार गरेको आरोप सहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद अमनलाल मोदी खनिए पछि यो या त्यो रुपमा कुलमानको चर्चा चलिनै रहेको छ ।

आम नागरिकहरु कुलमानले भ्रष्टाचार गर्नै नसक्ने बरु उनलाई बदनामीत बनाएर नेपाल विधुत प्राधिकरण बाटनै निकालेर देशमा फेरि अध्यारोको व्यापार गर्न खोज्नेहरु सलवलाएको आशंका गरिरहेका छन् ।

अत्यन्त न्युन संख्यामा रहेकाहरु चाँहि कुलमानले एक पटक उज्यालो बनाए भन्दैेमा सबै उनका कुरालाई अन्धभक्त भएर मान्नु हुँदैन त्यस माथि पनि अनुसन्धान हुनु पर्छ भन्ने पक्षमा रहेका छन् । कुलमान माथि गलत नियतका साथ हेर्नेहरु भने अन्यन्त न्युन मात्रामा रहेका छन् । जसले कुलमानको विरोध गर्छ त्यो पनि नागरिकको आँखामा गिरीहाल्ने अवस्था बनेको छ ।

यस विच एक युटुव च्यानलको कार्यक्रममा कुलमान घिसिङको विषयले २ जना अतिथि विच स्टुडियोका झण्डै हात हालाहाल सम्मको स्थिति बनेको छ । एभरेष्ट नेपाल नामक युटुव च्यानलले आफ्ना अतिथिको रुपमा निम्त्याएका थियो, सामाजिक अगुवा एवं राजनितिक विश्लेषक भन्दै प्रेम कैदीलाई र सत्तारुढ नेकपाका युवा नेता भन्दै पुण्य गौतमलाई ।

कार्यक्रमको सुरुवात देखिनै खासगरि सत्तारुढ नेकापा माथि आक्रोसित र अन्यन्तै तल्लो स्तरको शब्दहरु प्रयोग गर्दै आएका कैदीले नेपाल विधुत प्राधिरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई सिधै तँ भन्दै कुलमान भारतीय दलाल हो भन्ने शब्द प्रयोग गरेका थिए ।

कैदीले कुलमानलाई भारतीय दलाल र अहिलेका प्रधानमन्त्री केपी ओलीलाई भ्रष्टाचारी भनेर संगीन आरोप लगाए पछि उनि सँगै अन्तवार्तामा बसेका नेकपाका युवा नेता पुण्य गौतम अन्तवार्ताकै क्रममा सिट बाट जुरुक्क उठेका थिए । कैदीको आरोपले आवेगमा आएका गौतमलाई सम्हाल्न कार्यक्रम प्रस्तोतालाई हम्मे हम्मे परेको थियो

कार्यक्रम प्रस्तोताले बस्नोस् भन्दा पनि गौतम म बस्दीन मलाई असह्रय भयो भन्दै तातीरहेका थिए । कार्यक्रममा कैदीले केपी सरकारलाई दलाल, लुटेरा र भातमारा सरकार सम्म भन्न भ्याए ।

कार्यक्रममा कैदीले कुलमानलाई विधुतको विकासको बाधक रहेको र भारतीयहरुको स्वार्थमा काम गरिरहको दलाल भनेका थिए । कुलमानलाई भ्रष्टाचारी भन्ने नेकपा सांसद अमनलाल मोदी एकदमा सहि रहेको भन्दै उनले फासिष्ट शैलिमा सांसद मोदीको विरोध गरिएको बताए ।

कुलमान नेपाल विधुत प्राधिकरणमा हुन्जेल नेपालको विधुत क्षेत्रको विकास नहुने पनि कैदीले ठोकुवा गरे । कुलमान माथि तल्लो स्तरमा कैदी खनिए पछि त्यसको प्रतिरक्षा गर्दै नेकापाका युवा नेता गौतम कैदी माथि जाइलागेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार ००:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।