Logo

मनोरञ्जन

नायिका बन्ने लक्ष्य लिएर ग्ल्यामर फोटोसुट (फोटो फिचर)



मंगोलियन अनुहारकी धनि नताशा ब्लोन तामाङ्ग हेटौडाकि स्थायी बासिन्दा हुन्। हाल भक्तपुर नयाँठिमीमा बसेर अध्ययन संगै मोडलिङ्गमा सक्रिय उनले पहिलोपटक गायक प्रयाश दोङ्गको सेलोगित मार्फत काँचका पर्दामा देखिएकी थिईन। नताशाले अहिलेसम्म आधादर्जन गीतका म्युजिक भिडियोमा आफूलाई कुशल मोडलका रूपमा उतारेकी छिन् । पछिल्ला दुई वर्षदेखि मोडलिङमा सक्रिय नताशा बिभिन्न सांस्कृतिक कार्यक्रम हुँदै म्युजिक भिडियोसँग जोडिएकी हुन् ।

मकवानपुरको हेटौडा कला केन्द्रबाट नृत्यको तालिम लिए पछी अध्ययनको लागि काठमाडौं आएकी उनले हाल मध्यपुर ठिमीमा पनि नृत्य ट्रेनिङ्गलाई नियमित गरिरहेकी छिन। उनि नेपाली, लोक, हिपहप नृत्यमा अब्बल छिन्।

नायिका बन्ने लक्ष्यका साथ कलाकारितामा लागेकी नताशाले नृत्य प्रस्तुतिको लागि हेटौडामा हुने प्रायस् महोत्शवमा नछुटाई आफ्नो कला प्रदर्शन गरेको बताईन। उनले त्यो बाहेक चितवन, बुटवल, नेपालगंज, हुम्जा, जुम्ला, रामेछाप लगायतको महोत्सबमा आफुलाई प्रस्तुत गरेर धेरै प्रसंशक कमाएकी छिन्।

मोडलिङ्गमा ग्ल्यामर आबश्यक ठान्ने नताशाले काठमाडौँ पुतलीसडक स्थित आर्टिस्टनेपाल स्टुडिजोजूमा बिभिन्न ग्ल्यामर पोजहरुमा फोटोसुट गरिन। आर्टिस्टनेपाल धेरै मोडल तथा कलाकारको ड्रिम भएको र आफुपनि जोडिन पाएकोमा खुसि भएको बताइन्।

रहरैरहरमा रंगमञ्च हुँदै काँचका पर्दामा छाएकी नतशा यसैलाई निरन्तरता दिन खोजिरहेकी छिन् । कुशल नृत्यांगना तथा मोडल नतशा भन्छिन्, ‘अभिनय र नृत्य गर्न सक्छु, अफर आउँदा जस्तो सुकै किसिमका भूमिका निर्वाह गर्न सक्छु।

मोडल – नताशा ब्लोन तामाङ्ग

मेकअप – सरिता थापा मगर (ईन्टरनेसनल ब्युटी क्लब)

स्टुडियो – आर्टिस्ट नेपाल स्टुडियोज एण्ड प्रोडक्सन

ड्रेस सौजन्य – यु ओसिस (विश्व ज्योति मल, पहिलो तल्ल, जमल)

 

 

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार १५:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।