Logo

विचार / ब्लग

कोइराला निवास कांग्रेसको परमधाम



२०५४ साल तिर मांओवादीले कोइराला निवासको पछिल्लो परिशरमा वम पडकाएपछी असुरक्षित रहेको भनदै तत्कालिन सरकारले निवासको युरक्षार्थ त्याहा एक टुक्री शशत्र तैनाथ गराएको थियो ।

कोइराला निवास अहिले कोइराला परिवार भित्र पैतृक सम्पतीको वाडफाडको क्रममा निवास डा. शेखर कोइराला र अर्का निरन्जन कोइरालाको फाटमा परेको भएतापनी डा. शेंखर कोइराला वहुंधा त्यो निवासमा रहने गरेकाछन र उनले विपी कोइराला , गिरिजा प्रसाद कोइरालाले निवासलाइ जुन वातावरण मा राखेका थिए त्यो अक्षुण राखेका छन् ।

कोइराला निवास जहा मातृका प्रसाद कोंइराला, वि पी कोइराला र गिरिजा प्रसाद कोइराला प्रधानमनत्री भएकै ले मात्रै निवासलाइ कोइरालाको निंधीमा काग्रेसले लिएको छैन कोंइराला निवास त काग्रेस धरोहर, काग्रेसको परमधामको रुपमा सम्पुर्ण काग्रेसले लिएका छन् ।

अहिले नेकपा सरकारको त्याहावाट सुरक्षा कर्मी हटाउने निर्णय कोइराला निवासको सुरक्षामात्रको रुपमा नहेरेर सम्पुर्ण काग्रेसमाथिको प्रहार हो ।

नेकपा सरकारले पनि यो निवासलाइ राष्ट्रको निधीको रुपमा सम्मान गर्नु पर्छ। देश विदेसवाट आएका अतिथिहरु जो कोही पनि एकपल्ट कोइराला निवासको अवलोकन नगरी फर्केको थाहा छैन । सुदुर पश्चिमबाट आउने नेपालीहरु समेत कोइराला निवास कहा छ यो पंक्तीकारलाइ सोंध्दै निवास पुगेका छन ।

कोंइराला निवास लाग्छ यौटा मन्दिर हो यहाँ कसैलाइ पनि प्रवेस गर्न खुल्ला छ र त्याहा कहिल्यै पनि ढोका वन्द गरिंएको हुदैन यस्तो निवासमा सुरक्षाको व्यवस्थामा खटिंएका शशत्र लाइ विहिवार हठात् हटाउनाले निवासमा असुऱक्षा र जोखिमको अनुभुती भएको छ सरकारको यो निर्णय अहिले नेपाली काग्रेस भित्र सवै भन्दा प्रखर विरोध गर्दै सामाजिक संन्जालमा डा. शेखर कोइरालाको सरकार प्रती तिव्र असन्तोष को परिणती हो यस्तो टिप्पणी पनि सुनिन थालिएको छ।

लेखक /मोरंग काग्रेसको मुखपत्र चारताराका सम्पादक हुनुहुन्ंछ !

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार ०१:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।