Logo

मनोरञ्जन

हङकङबाट शंस्कास्पद रुपमा गायिका आनीको खातामा १५ करोड आएपछि मेगा बैंकले रोक्यो



मेगा बैंक नेपाल लिमिटेडले गायिका आनि छोइङको नाउँमा शंकास्पद रुपमा १५ करोड रुपैयाँ आएपछि उक्त रकम रोक्का गरिदिएको छ ।

आनी छोइङले विदेशबाट ल्याएको उक्त रकमको स्रोत देखाउन नसकेपछि नेपाल राष्ट्र बैंक समेतलाई जानकारी दिई मेगाले उक्त रकम रोक्का गरिदिएको हो । स्रोतका अनुसार आनीले हङकङको ’एसेट म्यानेजमेन्ट कम्पनी’मा कार्यरत एक व्यक्तिबाट अमेरिकी डलर १५ लाख अर्थात् नेपाली रुपैयाँ झण्डै १५ करोड रुपैयाँ शंकास्पदरुपमा भित्र्याएकी थिइन् ।

तर उक्त रकमको कहीँ कतैबाट स्रोत नखुलेपछि मेगाले आनीको नाउँमा आएको उक्त रकमको बारेमा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइलाई जानकारी दिएको थियो ।

आनीको नाउँमा झण्डै एक वर्षअघि यसरी रकम आएको भए पनि अहिले उक्त रकम फुकुवा गर्न राजनीतिक एवं सरकारको उच्च तहबाट नै चौतर्फी दबाब आएपछि उक्त रकमको स्रोतको बारेमा अनुसन्धान जारी रहेको राष्ट्र बैंकले स्रोतले बताएको छ ।

गलबन्दीबाट चर्चामा आएका प्रकाश सपुतलाई कडा सुझाव

प्रकाश सपुतको नयाँ लोकदोहोरी गित गलबन्धी गितले अहिले व्यापक चर्चा कमाएको छ । यत्रतत्र सर्वत्र अहिले गलबन्धीकै चर्चाले व्यापकता पाएको छ । के गाउँ के शहर के युवा के वयस्क सबैले गलबन्धी सुनेकै छन् । युटुवमा पनि नम्बर १ ट्रेन्डिङ मा एकलौटी राज गरिरहेको उक्त गितको चर्चा परिचर्चा व्यापक छ ।

वाग्लुङको सामान्य परिवारबाट मनभरी सपनाको पोको बोकेर काठमाडौँ छिरेका एक अन्जान प्रकाश आज चर्चित गायक प्रकाश सपुत बनेर चिनिएको छ । आज प्रकाशलाई चिनाउँनको लागी कसैको फुर्को जोडिरहँन जरुरी छैन ।

उनको आफ्नै दर्विलो परिचय रहेको छ । पछिल्लो समय एक पछि अर्को सफल सिर्जना पस्किरहेका प्रकाशको लोक सांगितिक क्षेत्रमा एकलौटी राज नै रहेको छ । बोल माया हुँदै गलबन्धी सम्म आइपुग्दा उनलाई एक जवर्जस्त रुपमा आफ्ना सिर्जनाले नै यस क्षेत्रमा स्थापित गराइदिएको छ ।

यहि विचमा आएका केहि व्याटल गितका कारण विवादमा परे पनि ती गितहरुलाई दर्शकले भने औधी मन पराए । बोलमाया गितले जन्माएको कथामै आधारीत भएर बनेको प्रकाशको नयाँ गित गलबन्धीले यतिखेर भने बजार तताएको छ । लोकगित नसुन्ने जमातले पनी गलबन्दी सुनेकै छन् ।

गीतमा प्रयोग गरिएका मौलिक शब्द विचविचमा आएका थेगो कालाकारका गज्जव अभिनयले पनि यो गीतको फिनिसिङमा सहयोग गरेका छन् । उक्त गीतमै रहेको ढिलो आयो कडा आयो भन्ने थेगो त अहिले सामाजिक संजालमा भाइरलनै भएको छ ।

गीतले चौतर्फी चर्चा परिचर्चा र माया पाइरहेका बखत गीतका परिकल्पनाकार गायक , सर्जक तथा निर्देशक प्रकाश सपुतलाई एउटा अमिलो सुझाव आएको छ । गीतले चौतर्फी चर्चा पाएको बेलामा बहकिने मन नामक एउटा लोकप्रिय रेडियो कार्यक्रममा प्रस्तोता महाविर विश्वकर्माले प्रकाश सपुतलाई एउटा सुझाव दिएका छन् ।
उनले प्रकाशलाई मोलीक गीतलेनै राम्रो चर्चा परिचर्चा र माया पाउँन सकिन्छ भने व्याटल गाँउँदै नहिड्न साथै आफ्नो वास्तविक थर बाटनै चिनिन पनि आग्रह गरेका छन् । प्रकाशले आफ्नो नाम पछाडि वास्तविक थर नराखेर निक नेम सपुत राख्दै आएका छन् जुन कुरा महावीरलाई मन परेको रहेनछ । उनले प्रकाशलाई आफ्नै थरले चिनिन पनि सुझाव पनि दिएका छन् ।

यस्तो छ फेसबुक मार्फत महाविरले प्रकाशलाई दिएको सुझाव

‘गलबन्दी च्यातियो’ गीत हिट भइरहँदा मलाई भन्न मन लागेको कुरा

. भलै ‘बोल माया’ एउटा निराशावादी गीत हो तैपनि ‘बोल माया’ र ‘गलबन्दी च्यातियो’ बाट प्रकाश सपुतले आफुलाई प्रमाणित गरे, ”लोकगीतसँगीतलाई अझै शानदार रुपमा माथी उठाउने ल्याकत मसँग छ” भन्ने । तर यस्तो प्रतिभा, दोहोरी ब्याटल भन्दै हाहा र हुहु गर्ने गीत गाएर नबराल्लिए हुने ।

. दलित समुदायबाट विकसित भएका यस्ता पात्रहरुले प्रष्टसँग जात खुल्ने गरि लेखिदिनुपर्छ । यसले जात व्यवस्थाप्रतिको रुढ धारणा परिवर्तनका लागि मनोवैज्ञानिकस्तरमा काम गर्छ ।

लौ‘चिन्नेहरुले खबर पुर्याइदिनु

त्यस्तै नेपाली लोक संगीतमा प्रकाश सपुतका कारण नयाँपन आउन थालेको छ । अझ भनौ प्रकाश सपुतले नै लोक गीतमा नयाँ धार लिदैछन । माया पिरतीको कुरा गर्दै गाउँघरमा खेलिने रत्यौलीलाई टपक्कै टिपेर जस्ताको तस्तै उतार्न सफल गायक सपुतले केही समयदेखि विकृत नेपाली लोक संगीतमा झिनो आशा पलाएका छन । उनले गायका गीतहरु चलन चल्तीका गीत भन्दा फरक छन र नेपालीपन त्यसमा झल्केकै कारण धेरै दर्शकले रुचाएका छन् ।

एकबर्ष अघि प्रकाशले निर्माण गरेको ‘बोलमाया’ बोलको लोक गीतले नेपाली लोकगीतको क्षेत्रमा छलाङ नै मार्यो । अझ भनौ लोक गीतलाई देख्यो की सात कोष टाडा भाग्ने दर्शकको पनि मन छोयो । त्यसपछि फेरी आजकाल चर्चामा रहेको उनको अर्को गीत ‘गलबन्दी’ले पनि बजार तताएको छ । सपुतले जर्वजस्ती लोक गीतको बजारलाई आफ्नो कब्जामा पार्न खोजीरहेका छन ।

प्रकाशले ‘गलबन्दी’ लाई ‘बोलमाया २’ अगाडीको भाग भएको बताएका छन् । बोलमायामा प्रकाशले एक यूवा बैदेशीक रोजगारीमा गएपछि मृत्यु भएको कथालाई उतारेका थिए । यस गीतमा भने ती यूवा बैदेशीक रोजगारीमा जानुपुर्व उक्त गाउँमा के गरेका थिए भन्ने कुरा हेर्न पाइन्छ ।

यो गीतमा बोल मायाकै टिम अर्थात गायिका शान्ति श्री परियारले प्रकाशलाई स्वरमा साथ दिएकी छन भने मोडल अन्जली अधिकारीले अभिनयमा साथ दिएकी छन । यो गीत गाउँघरमा बसेर गरिने प्रत्यक्ष दोहोरीमा हो । जसमा अन्जली र प्रकाशकै अभिनय देख्न पाइनेछ ।

अहिले यो गीतमा तिस लाख भन्दा धेरै दर्शकले हेरिसकेका छन भने युट्युवको ट्रेण्डिङ २ मा परेको छ । गर्मीको मौषममा प्रकाश सपुतको गलबन्दीले चर्चा पाउन थालेपछि अहिले उनको गीतलाई गर्मीको गलबन्दी भनेर सामाजिक संजालमा चर्चा गर्न थालिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार ०३:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।