Logo

प्रमुख समाचार

राष्ट्रवादी नागरिक समाजको खवरदारी र्‍याली



राष्ट्रवादी नागरिक समाजले आज काठमाडौंमा खवरदारी र्‍याली निकालेको छ । भोटाहिटीमा भेला भएर दिउँसो काठमाडौका मुख्य चौक बजार परिक्रमा गरी र्‍याली कोणसभामा परिणत भएको थियो ।

समाजका संयोजक चन्द्रबहादुर रामदामका अनुसार नागरिकलाई जागरुक बनाउन र देशको रक्षाको लागि एकजुट हुन सचेतना जगाउने कार्यक्रमको मुख्य उद्येश्य हो ।

राजतन्त्र व्यूत्याँउन, राष्ट्रियता जोगाउन, नेपाल र नेपालीको रक्षाको लागि राजा ल्याउन नागरिक खवरदारी गरिएको पनि रामदामले बताए । प्रत्येक शुक्रबार कोणसभा गर्दै आएको समाजले महिनाको अन्तिम शुक्रबार भने र्‍याली गर्ने गरेको छ । आजको र्‍याली १६ औं हो र नागरिक सभा ३ सय ४९ औं हो ।

रामदामले देश संकटमा परेकाले बचाउने जिम्मा सबै नागरिकको भएको बताए । ‘अब कोही न कोही अघि सर्नैपर्ने भयो त्यसैले हामीले नेतृत्व लिएका हौं’ उनले भने ‘गणतन्त्र स्थापना भएको भनिएको छ तरपनि जनताको अवस्थामा कुनै सुधार भएन, हिजो एकजना राजा थिए तर आज धेरै छोटे राजाको जन्म भयो, यो दुर्भाग्य हो ।’

उनले सामाजिक अभियानमा सहभागी हुन सबैलाई आग्रहसमेत गरेका छन् । ‘हामी सधैं एउटै विषयमा मत्र कार्यक्रम गर्दैनौ, प्रत्येक साता फकर एजेण्डा हुन्छ’ उनले भने ‘ जुन जोगी आएपनि कानै चिरेको भनेजस्तो भयो हाम्रो देश, यसमा निकै चिन्ता लागेको छ ।’ १० वर्षअघिदेखि समाज सक्रिय रहँदै आएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार १६:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।