प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताए ।
उनले प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो भन्दै अन्तरराष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे । उनले भने, “प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो ।
पहिले उहाँले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?”




















प्रतिक्रिया