Logo

पत्रपत्रिका

असारमा दैनिक साढे ४ अर्ब भलमा बगाउँदै ओली सरकार



ऐन र संसदीय समितिको निर्देशनविपरित सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ।असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ।

आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्याधिक खर्चिने प्रवृत्ति रोक्य यसै वर्ष संसदको अर्थसमितिले अन्तिम महिनामा कुल बजेटको १० पतिशतभन्दा बढी खर्च गनै नयाइने व्यवस्था गरेको छ।

तर १५ दिनमै बजेटको ५ दशमलब २१ प्रतिशत खर्च भईसकेकोले समितिको नर्देशन र अन्य कानुनी व्यवस्था सरकारले उलंघन गर्ने निश्चित भएको छ। असार १ गते २ अर्ब ५९ करोड ३४ लख खर्च भएका थियो ।असार सकिन लाग्दा खर्चको आकार झनै बढीरहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार ०४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।