Logo

अन्तर्राष्ट्रिय

अध्यक्ष राहुन गान्धीले राजीनामा दिएपछि भारतीय कँग्रेसमा तहल्का



भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् । उनले अब आफू कँग्रेस आईको अध्यक्ष नहुने भन्दै पार्टीलाई नयाँ अध्यक्ष चुन्न समेत भनेका छन् ।साथै, उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी आफूले लिने बताएका छन् ।

राहुलले राजीनामाको घोषणासँगै एक पत्र ट्वीट गरेका छन्, जसमा उनले अरुलाई जवाफदेही बनाउनु अघि आफू पहिले जवाफदेही बन्न जरुरी रहेको बताएका छन् ।

१७ औं लोकसभा चुनावमा पार्टीले पाँच वर्षअघिकोजस्तै नतिजा ल्याएपछि बसेको कँग्रेस ९आई० को केन्द्रीय समिति बैठकमा राहुलले हारको सत प्रतिशत जिम्मा लिँदै आफू अब अध्यक्षमा बस्न नचाहेको बताएका थिए । तर, त्यतिबेला केन्द्रीय समितिको एकमतले उनको प्रस्ताव अस्वीकार गरेको थियो।

सोमबारमात्रै पाँच प्रदेशका कँग्रेस मुख्यमन्त्रीहरूले राहुललाई भेटेर राजीनामा दिने निर्णय फिर्ता लिन भनेका थिए । राहुलले सबै अनुरोधलाई बेवास्ता गर्दै बुधबार आफू अब अध्यक्ष नहुने भएकाले पार्टी केन्द्रीय समितिले छिट्टै नयाँ अध्यक्ष चुन्नु पर्ने बताएका हुन् ।

‘कँग्रेस अध्यक्षको हैसियतले २०१९ को चुनावमा पार्टी हार्नुको सबै जिम्मेवारी म लिन्छु । हाम्रो पार्टीले भविष्यमा राम्रो गर्नका लागि जवाफदेहिता महत्वपूर्ण कुरा हो। त्यही कारणले मैले अध्यक्षबाट राजीनामा दिएको हुँ,’ राहुलले भनेका छन् ।

It is an honour for me to serve the Congress Party, whose values and ideals have served as the lifeblood of our beautiful nation.

I owe the country and my organisation a debt of tremendous gratitude and love.

Jai Hind ??pic.twitter.com/WWGYt5YG4V

— Rahul Gandhi (@RahulGandhi) July 3, 2019

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १३:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।