Logo

प्रमुख समाचार

वर्तमान सरकार कै कारण मुलुक असफल रास्ट्र : प्रकाशमान सिंह



नेपाल दलित संघ काठमाडौले शनिबार आयोजना गरेको एसइई सम्मान कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले पाप्त उपलब्धिहरुको रक्षा गर्न सबै दलहरु जिम्मेवार बन्नु पर्ने बताउका छन् । सत्तामा बस्नेले म मात्रै हो अरु दल केही हैन भन्ने सोचले अघिबढेकाले दलहरुबीच तिक्तता बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरेका छन् ।

वर्तमान सरकार कै कारण मुलुक असफल रास्ट्र बन्न लागेको आरोप समेत लगाउदै सरकारकै ढुलमुले चरित्रको कारण शिक्षा क्षेत्र, होस् या आर्थिक क्षेत्र तहसनहस भएको बताएका छन् । शान्ति सुरक्षाको अवस्था झनझन कमजोर बन्दै गएको छ भने बिपत्तिको बेलामा जनताको साथमा राज्य छ भन्ने आभास समेत दिलाउन नसक्नुले सरकारको बिषयमा के बोल्ने के भन्ने भन्ने नै नरहेको समेत बताएका छन् ।

सरकारले समयमा आवस्यक ऐन कानुन निरमार्ण गर्न नसकेकाले लोकसेवा आयोगले संचालन गरेका परिक्षा समेत बिवादमा तानिएको बताएका छन् । सरकार जन उतरदाहि हुन नसक्दा एकपछि अर्को बिवादमा तानिदै जानु मुलुकै लागि दुर्भाग्य भएको बताए ।

नागरिकको अपेक्षा पूरा गर्न भन्दा सस्तो प्रचारवाजीमा अल्मलिएको यो सरकारले मुलुकलाई निकास दिन समेत नसक्ने भयकाले अब न आस गर्न सकिने न बिस्वास गर्न सकिने दुबै अवस्था नरहेको भन्दै सरकार नागरिकको नजरबाट समेत गिरिसकेको बताएका छन् ।

कार्यक्रममा काठमाडौ कांग्रेस सभापति सबुझ बानियाँ माननिय प्रकाश रसाइली नरोत्म बैध जीवन ढंगोल लगायतले आफ्नु विचार राखेका थिए भने कार्यक्रम दलित संघ काठमाडौ जिल्ला सभापति गंगा सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा यस बर्ष काठमाडौ जिल्लाबाट एसइई परीक्षा उतिर्ण गरेका सय भन्दा बढि बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।