विवाद अन्त्य गर्न कांग्रेसले छलफल गर्दैछ र आज केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । कार्यसमिति नै लामो समयदेखि नियमावली विवादमा अल्झिएको छ। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारमा सुरु भएको बैठकमा १४ वटा एजेन्डा पेस गरेका थिए।
२९ असारमा पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर आवश्यक सल्लाह गरी प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सहमति जुटेको थियो। यो अवधिमा नियमावली मस्यौदा संशोधन समितिले असन्तुष्टिको सम्बोधन गरेको छैन।
केन्द्रीय कार्यसमितिको पूर्वसन्ध्यामा हिजो पार्टी केन्द्रीय कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका थिए । नियमावली कसरी पारित गर्नेदेखि अन्य एजेन्डाबारे छलफल भएको आजको बैठकले निकास दिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
माफियाका कारण शिक्षा क्षेत्र तहसनहस : महत
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले शैक्षिक माफियाका कारण शिक्षा क्षेत्र तहसनहस भएको बताएका छन् । सरकारको शिक्षा नीति बिषयक नेपाल विद्यार्थी संघले आज काठमाडौमा गरेको कार्यक्रममा डा। महतले शैक्षिक माफिया नियन्त्रण नगरेसम्म सर्वशुलभ शिक्षा असम्भव रहेको बताए ।
उनले शैक्षिक माफियाका कारण सबैले पढ्न पाउने वातावरण नभएको भन्दै सरकारलाई शैक्षिक क्षेत्रको निगारानी बढाउन आग्रह गरे । सर्वसाधारणले निजी विद्यालय र क्याम्पसमा छोराछोरीलाई पढाउन सक्ने वातावरण नभएको भन्दै शिक्षा क्षेत्रमा बढ्दो अराजकता अन्त्य गर्नु पर्नेमा उनले जोड दिए ।
दुर्गन्ध र ढलले संसद् बैठक स्थगित
वर्षासँगै संसद् भवनभित्र ढलको पानी पसेपछि प्रदेश १ को संसद् बैठक बुधबार स्थगन गरिएको छ। संसद् भवनमा ढलको पानी पसेर जलमग्न भएको थियो। शौचालयको हजमा समेत पानी भरिएर बैठकस्थलमै जमेका कारण प्रदेशसभा बैठक स्थगन गरिएको हो। सभामुखले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकले चौथो तथा बजेट अधिवेशनको २७ औं बैठक नबस्दै स्थगन गर्ने निर्णय गरेको हो।
बुधबार बिहानबाट वर्षा भइरहेका कारण यस्तो अवस्था आएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश १ मा संसद् सञ्चालन हुन थालेको १७ महिना भए पनि त्यसका लागि तत्कालीन जिल्ला विकास समितिको पुरानै भवन र संरचना प्रयोगमा ल्याइएको थियो। पुराना संरचनाको पनि उचित मर्मत सम्भार नहुँदा वर्षाका बेला ढल र शौचालयको हज भरिएको पानी छिरेर दुर्गन्ध फैलिएको थियो।
मूल ढोकाको पानी बैठक बस्ने समय दिउँसो १ बजेसम्म कायम रहेपछि बैठक स्थगन गरिएको हो। वर्षा केही मत्थर भएसँगै रोस्ट्रमअगाडिको पानी भने सुरक्षाकर्मी र मोटर प्रयोग गरेर सफा गरिएको थियो। ‘पानी मात्रै जमेको भए बैठक चल्ने थियो,’ सभामुख प्रदीपकुमार भण्डारीले भने, ‘तर हज नै भरिएर आएको पानीका कारण अत्यन्तै दुर्गन्ध फैलिएपछि स्थगन गर्नुपर्यो।’
बैठक स्थगन हुनुको मुख्य कारण फोहोर पानी र त्यसबाट फैलिएको दुर्गन्ध भएको उनले बताए। भने, ‘बैठकस्थलको उचित व्यवस्थापन तत्काल गर्न लागिपरेका छौं।’
सभामुख भण्डारीले प्राविधिकसँग सल्लाह लिएर स्टिमेट तयार पार्दै पानी भित्र पस्न नदिने गरी तत्काल व्यवस्थापन गरिने बताए। असार २६ बाट अविरल रुपमा भएको वर्षाका बेला पनि संसद् भवनमा पानी जमेको थियो। तर, त्यतिबेला दुर्गन्ध फैलिएको थिएन। गत वर्ष पनि यस्तै अवस्था आएको थियो। बारम्बार समस्या दोहोरिए पनि उचित व्यवस्थापन र संसद् भवनमा वर्षाको पानी पस्न नदिन प्राविधिक स्टिमेटसहितको कुनै काम नभएको सांसदहरूको गुनासो छ।
‘संसद् बैठकको अवस्था त यस्तो छ,’ प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, ‘यत्रो वर्षा भएर जताततै डुबान र बाढीपहिरोको समस्या हुँदा जनता कसरी बसेका होलान् रु ’ उनले प्रदेशसभा बैठक चल्न थालेको लामो समयसम्म पनि संसद् भवनको सामान्य मर्मत गर्न नसकेको भन्दै सरकारप्रति कटाक्ष गरे।
बैठकमा सहभागी हुन सांसदहरू आएपछि बाढी र हजको पानी पसेर फोहोर भएका कारण स्थगन भयो भनेर सभामुखले जानकारी गराएको कोइरालाले बताए। ‘बाढी आएका बेला ढलको पानी र शौचालय भरिएर हजको पानी संसद् भवनमा पस्दा पनि व्यवस्थापनको कुनै काम हुन सकेको छैन भन्नु सरकारको लाचारीपन हो,’ उनले भने, ‘यसले सिंगो प्रदेशकै बद्नाम भएको छ।’ कोइरालाले संसद् भवनकै यस्तो अवस्था हुँदा बाढीसँगै बगेका र भाँचिएका पुल, बगेका बाटा तथा जनताको घर कहिले बन्लान् भनेर प्रश्न पनि गरे।




















प्रतिक्रिया