Logo

भारतका गृह मन्त्री शाह अस्पताल भर्ना



भारतका संघीय गृह मन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना हुनुभएको छ । पूर्ण स्वास्थ्य परीक्षणका लागि उहाँलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । 

उहाँलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उहाँलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो । त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहनु भएका शाह त्यतिबेलाको सङ्क्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना हुनुभएको हो । 

संसदको नयाँ अधिवेशन शुरु हुनु अगाडि उहाँको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन् । गृह मन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,” अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।रासस 

प्रकाशित मिति : भाद्र २८, २०७७ आईतबार  २ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।