कैलालीको घोडाघोडी नगरपालिका–८ दिपनगरकावर्ष १२ का लक्ष्मण चौधरी बर्दगोरिया गाउँपालिका–१ मुडा गाउँमा रहेको आफ्नो मामा घर तिहार मनाउँनगएका थिए । कार्तिक १४ गते साँझभाइ (मामाको छोरा) ८ बर्षिया अंशु चौधरीलाई साइकलमाबसाएर बौनिया बजारतिर निस्किएका थिए । भाई सँग साइकलमाबजार निस्कीएका उनलाई विपरित दिशातर्फबाट आएको बसले हुत्यायो ।
बसको ठक्करबाट गम्भिर घाइते लक्ष्मणको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र अंशुको भारतको लखनउमा उपचारका क्रममा ज्यान गयो । कार्तिक १४ गते नै कैलालीमादुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एकजनाको ज्यान गयो । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीमा मोटरसाईकल ठोक्किदा सोही ठाउँका ५० वर्षीय देवीराम आचार्यको मृत्यु भयो ।
कार्तिक १७ गते कैलालीमा दिउँसो बसले ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भयो । एक जनाको घटनास्थलमै र अर्का घाईते भएका व्यक्तिको पनि उपचारका क्रममा मृत्यु भयो । सो दुर्घटनामा पश्चिमबाट पूर्व जादै गरेको पिकनीकको बसले मोटरसाईकलालई ठक्कर दिएको थियो ।
यित कार्तिक यताकासवारी दुर्घटना र त्यसमा ज्यानगुमाउनेको संख्या मात्रै हुन् । हरेक बर्ष चाडपर्वका बेला यस्ता दुर्घटनाहरु बढि घट्ने गरेकोजिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयकाइन्सपेक्टर सरोज कुमार ठकुराठीले दशैं यता सवारी दुर्घटनाको संख्या बढ्दै गएको बताए । सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्यापनि बढि देखिएको उनको भनाइछ ।
दसैं यतामात्रै जिल्लामा ९ वटा सवारी दुर्घटना भएका छन् । जसमाज्यानगुमाउनेको संख्या ७ जना रहेको छ । मानिसहरुको बढि भिडभाड हुने र चालकले तिब्र गतिमा सवारी हाक्ने गरेकोले दशैं यता सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उनले तिहारका बेलाचालकले मादकपदार्थ सेवनगर्ने गरेको र तिब्र गतीमा गाडी हाक्ने गरेकोले सवारी दुर्घटना हुने गरेको बताए । ‘संख्यात्मक रुपमा हरेक बर्ष दुर्घटना बढेको देखिन्छ । तर, यस बर्ष ज्यानगुमाउनेको संख्यापनि बढि रहेको छ’ उनले भने ‘यसरी हुने सवारी दुर्घटनामा ९० प्रतिशतगल्तिचालकको देखिएको छ ।’
केहिकमजोरी यात्रु बाट पनिहुने गरेको धनगढी बोराडाडीका रञ्जित बिष्टले बताए । उनीकोचाकोच रहेको बसमापनियात्रु आफ्नो ज्यानजोखिममापारेर यात्रागर्ने गरेको बताए । ‘बस भरिभराउहुन्छ । हामीलाई जहाँपनि छिटै पुग्नुपर्नेः अर्को बस कुर्न भन्दात्यहिबसमायात्रा गर्छौ । दुर्घटना हुँदाज्यान गुम्छ’ बिष्टले बताए । बसले सिट संख्याभन्दा बढि यात्रु बोक्दापनिमौन बस्ने बस ब्यवसायि समितिकापदाधिकारीहरु सडक दुर्घटनाको दोस्रो कारण रहेको उनको भनाइ छ ।
केहि दिन अघि मात्रै मालिका यातायात ब्यवसायि संघको बझांङ्गको बसको टिकेट सामाजिक संञ्जालमा भाइरल थियो । जसमायात्रुलाई समितीले टिकेटको पुरा रकम काटेर सिट नंम्बरमा मिलेर बस्नु भन्ने लेखेको थियो । बसमा रहेका सिट संख्या बुक भैसकेपनि समितिवालाले कोचिएर बस्नका लागित्यस्तो टिकेट दिएको धेरैको ठम्याई थियो । कतिपयले त्यस टिकटले बस ब्यवसायिहरुको यथार्थता चित्रण गरेको पनिबिचार ब्यक्त गरेकाथिए । सामाजिक सञ्जालमा त्यस टिकटलाई लिएर अनेक टिकाटिप्पणी भए ।
यसरी नै क्षमताभन्दा बढि यात्रुहरु कोचेर लैजाँदा बस दुर्घटना हुने गरेको धनगढी हशनपुरकाजनार्दन शर्मालेबताए । उनले समितिवालाहरुले यात्रुहरुसँग जहिल्यै आफ्नो मनोमानीगर्ने गरेको बताए । ‘उनीहरुलाई थाहा हुन्छ । दसैं तिहारका बेलायात्रुहरु जसरी पनियात्रा गर्छन भनेर । त्यसैले उनीहरु जसरी सकिन्छ यस बेला धेरै भन्दा धेरै यात्रु बोक्न चाहन्छन्’ जनार्दनले भने ।
ठाउँ– ठाउँमा ट्राफिक प्रहरीहरु परिचालन गरिएका हुन्छन् । साँझपख चेकजाँचका क्रममा ट्राफिक प्रहरीको झारो टार्ने प्रचलनका कारण पनि चाडपर्वका बेला दुर्घटना न्यूनिकरण हुन नसकेको धनगढी २ का सरगम बिष्टको भनाइ छ । उनले ट्राफिक प्रहरीले क्षमताभन्दा बढि यात्रु बोक्ने बसलाई कडा रुपमाकार्वाहि गर्नुपर्ने बताए ।
दशैंतिहारका बेलाचालकले मनोमानी रुपमायात्रुहरु बोक्ने गरेकोले दुर्घटना हुने गरेको सर्वसाधारणहरुको गुनासो छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाकाअनुसार पनिआर्थिक बर्ष ०७३-७४ मा २ सय ५५ दुर्घटनामा परि १ सय जनाले ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७४-७५ मा २ सय १९ सवारी दुर्घटना हुदा १ सय १३ को मृत्यु भएको छ ।
गतआर्थिक बर्ष ०७५-७६ मा ३ सय १६ सवारी दुर्घटना भएका छन् ।
जसमा १ सय ४२ जनाले ज्यानगुमाएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया असैं नवराजशाहीले बताए । उनले चालु आर्थिक वर्षमाभने २१ सवारी दुर्घटनामा परि २० जनाले ज्यान गुमाएको बताए । २१ गम्भिर घाइते भएका छन भने सामान्य घाइते ७जना रहेको उनले जानकारी दिए । उनले दशैंयतामात्रै सुदुरपश्चिम प्रदेशभर १२ वटा सवारी दुर्घटनामा ९ जनाले ज्यानगुमाएको र ५ जनागम्भिर घाइते भएको बताए ।















प्रतिक्रिया