Logo

स्वास्थ्य

२४ घण्टामा १ हजार ५६ जना सङ्क्रमित थपिए, संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुग्यो



पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २८६ स्वाब नमूना परीक्षण गराउँदा १ हजार ५६ जनामा संक्रमण देखिएको हो । 

बुधबार एकैदिन १०५६ जना थपिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज एकैदिन १ हजार ४८३ जना डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको संख्या २ लाख ३० हजार ५३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मुलुकभर हाल संक्रमितको संख्या भने १२ हजार २४५ रहेको छ । यस्तै आइसोलेसनमा १२ हजार २४५ र क्वारेन्टाइनमा ५२५ जना रहेका छन्, बुधबार कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार १६:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।