साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । कारोबारको केहि समयमै टीएमएसमा समस्या आयपनि सेयर बजारमा छुटै रौनक देखिएको छ ।
आज बजार मापन गर्ने नेप्से सूचक १६ दशमलव ५६ अंकले बढेर १५२० दशमलव ७१ बिन्दुमा रोकिएको छ । यो दिन पनि बजारले लगानीकर्ताको १५ सयको मनोवैज्ञानिक धेरा पार गरेको छ ।
बजार बढ्दा कारोबार रकम पनि सन्तोषजनक नै रहेको छ ।
१९१ कम्पनीको ७१ लाख ७३ हजार ४ सय २३ कित्ता सेयर ३ अर्ब ३६ करोड ६८ लाख ५४ हजार ३ सय १४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ट्रेडिङ फाइनान्स र म्युचुयल फण्ड समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहरुको उपसूचक बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । कम्पनीको २४ करोड २० लाख ३२ हजार ३ सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ ।




















प्रतिक्रिया