Logo

कोशी प्रदेश

नेपाली कांग्रेस रतुवामाई नगरसमितिको समायोजन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न



नेपाली कांग्रेस रतुवामाई नगरसमितिको समायोजन तथा सपथ ग्रहण कार्यक्रम शनिबार एक बृहत् कार्यक्रम गरि सम्पन्न भएको छ । उक्त समायोजन कार्यक्रमबाट नगर सभापतिमा जिवन पनेरुलाई चयन गरि सह-सभापतिमा पोस्ट बहादर बस्नेत, देवराज राजवशि, बुलनदेव सिह, उप-सभापतिमा बद्री प्रसाद भट्टराई, जयप्रकाश यादव, सचिवमा जितमान श्रेष्ठ, गोपाल प्रसाद ताजपुरिया, कोषाध्यक्षमा सिताराम निरौला त्यसैगरि सह सचिवमा रिषिकेश नेपाल र रमेश कटुवाल र अन्य सदस्य गरि १५१ नगरकार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।

नगरका सम्पूर्ण १० वटै वडाको समायोजन कार्यक्रम पनि सर्वसम्मत रुपमा चयन गरिएको छ । समायोजन कार्यक्रममा निर्वाचित सम्पूर्णलाई नेपाली कांग्रेसका निर्वाचन आयोगका प्रतिनिधि रुपेस कोईरालाले सफथ ग्रहण गराई वैधानिकता प्रदान गरेका थिए ।

निर्वाचित सम्पूर्णलाई कार्यक्रमका प्रमुख अथिति पूर्व सन्चार मन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य माननीय डा. मिनेन्द्र रिजाल, विशिस्ट अथिति जिल्ला सभापति डिग बहादुरलिम्बु, प्रदेश सभासद शिव नारायण शिङ, क्षेत्रीय सभापति नागेश्वर प्रसाद शिङ, प्रदेश (क) र (ख) का सभापति खडग चोङवाङ, सुमन कुवर त्यसैगरि रतुवामाई नगरपालिकाका मेयर तथा नेपाली कांग्रेसका नेता रविन राई लगायतले टिका तथा अविर लगाई सम्पूर्णलाई स्वागत सम्मान गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए।

 

 

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।