थारु राष्ट्रिय माघी –माघ, तिला, संक्राईत, खिचडी, खिचडी, खिचरो) खिचडी र माघी पर्वको माघी खिचडी, थारु बर्ष २६४३ औ माघी पर्व र माघी महात्सकोबारे थारु कलयाणकारी समितिका नगर सभापति ओम नारायण थनेतसंग शिल्पा लोचनले अनलाइनपानाका लागि गरेको कुराकानीको संम्पादित अंश ।
थारु संस्कृतिमा खिचडी वा माघी पर्वको के महत्व रहेको छ ?
थारु सँस्कुतिमा एउटा खिँचडी पर्वलाई थारुको मुख्य महान पर्वको रुपमा मनाइ्न्छ । साथै ससलाई नयाँ बर्षको रुपमा लिने गरिन्छ । नेपालमा आदिबासीका रुपमा बसोबास गर्दै आएका भूमीपुत्र प्रकुति पुजारीको रुपमा रहेको थारु जातिको इतिहास हेर्दा नेपाल संम्बत भन्दा पाँच सय बर्ष पुरानो रहेको छ । माघी पर्बको छुट्टै महत्व छ । किनभने हामीले यस पर्वमा धनी गरीवबीचमा कुनै भेद रहेको हुदैन । यो परम्परा परापूर्वकाल देखि मनाउदै आइएको हो । खिचडी पर्बलाई परापूर्व कालदेखि नै विभिन्न किसिमको सस्कृतिलाई थारु जातिले मनाउदै आएका हुन् र यसलाई नयाँ बर्षको रुपमा मनाउदै आइएको छ । थारु पर्व २६४३ औ बर्षको अर्थात नयाँ बर्षको रुपमा रुपमा यसपाली नि माघी खिचडी महोत्सव गरेको हौ र यो महोत्सव प्रत्येक बर्ष मनाउदै आएको छौ साथै थारु सस्कृतिको महत्प झल्काउनका लागि यो महोत्सव गरिएको हो ।
थारु समुदायमा समाजबादको अभ्यास पहिल्यै देखि भएको मानिन्छ ?
नया बर्षमा थारुहरु माघीपर्वमा सबैलाई बराबर गर्ने र काम गर्नेलाई न्याय दिने प्रचलन परापूर्वकाल देखि नै छ । यो पर्वमा थारु जातिहरुको सबै जातिहरु धनी गरीब सबै एकै ठाउमा बसेर हर्सोउल्लासको साथमा यो पर्ब मनाइन्छ । जस्तै आफ्नै घरमा चिच्चर (कि माछर) अर्थात माछा, भत्कुन, थारु समुदायमा खाइने परिकार)जुन अनदीको चामलबाट एउटा केराको पातमा एकदम राम्रो फूलबुट्टा भरेर त्यसलाई डल्लो बनाइएको हुन्छ । सो पोकोलाई वा डल्लोलाई आगोको खरानीमा राखेर त्यसलाई तताएर खाने प्रचलन रहेको छ । यस खिचडी वा माघीको दिनमा पुसमा पकाएको माघमा खाने चलन रहेको छ भन्नुको तात्पर्य पुसको मसान्तीको दिनमा पकाएका परिकारहरु चाही माघको १ गते बिहान उठेर नदिमा वा ताल तलैयामा गएर स्नान गरी इष्ट देव महादेवको पुजाआजा र प्रकृतिको पुजा गरेर खाने प्रचलन रहेको छ । आफूभन्दा जेष्ठसंग आर्शिवाद लिएर आफन्तहरुमा नयाँ बर्षको शुभकामना आदनप्रदान गर्दै रमाइलो गरी खाने गरिन्छ । यसको छुट्टै एउटा महत्व छ । यस पर्वले हाम्रो जातिमा विभेदबाट भाइचाराको समन्वय गराउछ । सम्बन्ध एउटा मनबुत बनाउने गर्दछ ।
पूर्व भेग र पश्चिममा भेग माघि कसरी मनाइन्छ ?
थारुहरुको २६ वटा जिल्लामा फरक फरको सस्कृति रहेको छ । २६ वटा जिल्लामा फैलिएको थारु जातिहरु कहि भोजपुरी कहि हिन्दी भाषा पनि बोल्दछन । प्रत्येक जिल्लामा यस पर्वलाई विभिन्न नामले सम्बोधन गरिन्छ । यो मध्ये फरक किसिमले पनि मनाइन्छ । कतै महादेबलाई पुजा आजा गरिन्छ भने कतै अर्जुनलाई पुजा गरेर मान्ने प्रचलन छ । जस्तो कि माघीलाई पुर्वमा तीला सक्रान्तिको रुपमा मानिन्छ भने चितवनमा यसलाई खिचरा भनिन्छ, नवलपुरमा खिचडी भनिन्छ भने पश्चिममा माघी भन्ने प्रचलन रहेको छ । वास्तवमा भन्ने हो भने हामी बहुभाषाीराष्ट्रमा धेरै भाषी छौ हामी थारु जातिमा पनि धे्ररै छन्, विश्वमै नेपाल यस्तो किसिमको एउटा मुलुक हो । हामी पनि त्यो बिविधा त रहेको छ ।

माघी पर्व अन्य जातिले नि मनाउछन् तर थारु जातिलेअन्य जातिले भन्दा फरक कसरी मनाउछन् ?
थारु जातिमा बास्तबमा भन्ने हो भने थारु जातिहरुले विभेदपूणै तरिकाले मान्छन् । नेपाली हौ भनेर मनाउने गर्दछौ । गरीवलाई अधिकार र न्याए दिन चलन थारु जातिमा भएको हुनाले पनि यो पर्ब थारु जातिको लागि महत्वपूर्ण रहेको छ र फरक नी त्यही हो ।
माघी पर्बमा थारु खानाको के महत्व रहेको छ र किन ?
थारु जातिहरुले खाने घुँगी चिच्चरको निकै महत्व छ । अहिले विभिन्न किसिमको मसलेदार खानाहरु खाएर रोग बढाउने क्रम जारी छ तर थारु जातिले पर्व स्टिम अर्थात उसिनेको चामल, तरुल, सखरदण्ड, र कन्दमुलहरु उसिनेर खाने गर्छन् । फलफूल नि उसिनरे खाने हुनाले स्वास्थ राम्रो हुन्छ । घुँगीले शरीरमा क्याल्सियमको मात्रा बढाउने र अरु तत्वको पनि बृद्धि हुनाले यसको महत्व रहेको । जस्तेै माघीमा गंगटा, (ककडा) नामले चिनिन्छ हाम्रो भाषामा यसले पनि हाम्रो शरीरमा आइरनको मात्र बढाइदिन्छ । थारुहरुले माघीमा खाने परिकारहरु धेरै राम्रो पनि मानिन्छ ।
माघी पर्वमा थारु सस्कृतिले कस्तो महत्व बोकेको छ ?
माघी पर्वमा छुट्टै किसिमको सस्कृति देखाउने चलन रहेको छ । अन्य चाड भन्दा यो पर्वको विशेषता नै अलग रहेको छ । यस दिनमा थारुहरुले डम्फु बजाएर मघौटा भन्ने एउटा गीत गाउछन्, (माघी आइल बे) भन्ने सो गीत त अहिलेको पिडीले भुल्दै गए तर यो गीत धेरै पुरानो परम्परागत गीत हो । यसको इतिहास नै २६ सय बर्ष भन्दा बढी भैसकेको छ । अहिले युवाहरु माघी गीत अर्थात मघौटालाई संरक्षण गर्न लागि परेका छन् । यो गीतमा माघ र खिचडीको गाथा छ । माघी र खिचडीको बारेमा र इष्टमित्र दिदी बैनीलाई समेटेर अग्रवजको स्नेह प्रेमको बारेमा यो गीत रहेको छ । जो पहिला पहिला हरुवाचरुवा बस्ने, मालिकको घरमा बस्नेहरुलाई बिदाई गर्ने, हर हिसाव बुझाउने दिनको रुपमा पनि यो चाडलाई लिने गरिन्छ । यो नयाँ बर्षको दिन ज्याला दिने र एक बर्ष सम्म फेरि काम गर्ने सम्झौत पनि हुने गर्दथ्यो । त्यसैले पनि यो पर्वलाई थारुहरुले महत्वपूर्ण मान्छन् ।
खिचरो पर्व र थारु सस्कुतिलाई जोगाउन अवको पिडीले के गर्नुपर्ला ?
यो पर्वलाई जोगाउन राष्ट्रमा जसले मनाइरहेको छ सरकारले राष्ट्रिय पर्वको रुमा मनाउन दिनुपर्छ । जसरी एउटा राष्ट्रमा हरेक जातजातीले मान्ने पर्वहरु नेपाली राष्टष् पर्व हो भनेर अहिले संविधानमा लेखिएको छ । त्यसैगरी यो माघी पर्वलाई पनि एउटा राष्ट्रिय पर्वको रुपमा नेपालको पर्व भनेर मनाइयो भने यो पर्वलाई जोगाउन सकिन्छ । तराईमा मात्र नभएर सबै क्षेत्रमा माघी पर्व जहातही मनाउने हो भने यसको लोप हुने सम्भवाना नै हुदैन ।





















प्रतिक्रिया