Logo

विचार / ब्लग

पूर्व राजा ज्ञानेन्द्र कुटनीतिमा शुन्य



पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव कुटनीतिमा शुन्य कुटनीतिमा ज्ञाता नभएको कारणले नै सत्ता छोडनुपर्ने अवस्था आएको हो । ज्ञानेन्द्रलाई को आफ्नो को पराया चिन्न र पहिचान गर्न सक्ने क्षमता र खुबी छैन। यी दुई कुरामा ज्ञानेन्द्र सहित सपरिवारले नै ध्यान दिन जरुरी रहेको छ।

ज्ञानेन्द्रलाई हालसम्म सुझाव र सल्लाह दिने आसेपासे र भरौटेहरु नै घमण्डी, स्वार्थी र अवसरवादी सत्ता, पद र लोभमा बिकाउ आँट, हिम्मत र साहस कसैमा छैनरुआफुलाई मात्र सर्वश्रेष्ठ ठान्ने र एक्काइसौं शताब्दीमा पनि राजा साहब भनेर मान सम्मान दिनुपर्ने अझै पनि सदबुद्धि र ज्ञान कसैमा आएको छैन । एक आपसमा द्वन्द छ र एक आपसमा मिल्न सकिरहेका छैनन्।

राजनीतिक दलका नेताहरुको कारणले मुलुकको स्वाधीनता धरापमा छ । मुलुक प्रति जिम्मेवार बन्न नेपालको सेनाहरु र ज्ञानेन्द्र कसैमा पनि आँट, हिम्मत र साहस छैन जस्तो छ नी ? हाम्रो मुलुक नेपालका नागरिकहरु ताक परे तिवारी नत्र गोतामे जस्ता स्वार्थी,अवसरवादी र मासु, भात, दारुमा बिकाउ छ्न।यसकारणले पनि मुलुकको विकास, आर्थिक उन्नति र प्रगति हुन नसकेको हो।

स्वर्गीय मदन भण्डारी सच्चा कम्युनिस्ट देशभक्त र कम्युनिस्टको सहि सिद्धान्त र सहि विचार बोकेका व्यक्ति थिए।मदन भण्डारीले मुलुकको मुहार फेर्न चाहन्थे।रिस,डाह र बिकाउ प्रवृतिका नेताहरूले मदन भण्डारीको मुलुकको मुहार नै फेर्ने चाहनालाई देख्न सकेनन।तर मदन भण्डारीको सहि सिद्धान्त,सहि विचार र देश भक्त्तिकै कारण हाम्रै देशका नेताहरूले मारेका हुन्।

स्वर्गीय बिरेन्द्र विर विक्रम शाहदेवको वंश विनाश पनि मुलुकप्रति भक्ति भाव राष्ट्रवादी र वफादारी कै कारण भएको हो।स्वर्गीय दिपेन्द्र विर विक्रम शाहलाई हत्यारा बनाइयो र दिपेन्द्र हत्यारा हो भनेर झुठो प्रचार गरियो तर दिपेन्द्र हत्यारा होइन सर्वप्रथम दिपेन्द्रको हत्या गरेपछि दिपेन्द्रको नक्कली मुकुण्डो लगाएर मार्ने काम भएको छ।बिरेन्द्रको वंश विनाशमा कांग्रेसका स्वर्गीय गिरिजा प्रसाद कोइराला लगायत कम्युनिस्ट र माओवादीका पनि केहि नेताहरूको सहभागिता छ।

स्वर्गीय बिरेन्द्र शाहको वंश विनाश पश्चात बाध्यता पूर्वक ज्ञानेन्द्र विर विक्रम शाहलाई शासन सत्ता चलाउने भार आई पर्न गएको थियो । ज्ञानेन्द्र विर विक्रम शाह समयानुकूल चल्नुपर्ने थियो । तर ज्ञानेन्द्र विर विक्रम शाह चाहिंदो भन्दा बढी राष्ट्रवादी भएको कारण नै सत्ताबाट बाहिरिनु परेको हो।डलर र पाउण्डमा बिकाउ भएका केही नेताहरूको सामुन्ने अहिलेको २१ ओं शताब्दीमा सच्चा राष्ट्रवादी बनेर मुलुक चलाउन सक्छु भन्ने साहस गर्नु नै ज्ञानेन्द्रको ठूलो भूल र गल्ती थियो ?

प्रधानसेनापति रुक्मांगद कटवालको कार्यकालमा नै माओवादीका पुष्प कमल दाहाल, बाबुराम भट्टराई लगायतका नेताहरूले आफ्नो लडाकुहरु नेपाली सेनामा समायोजन गरेर नेपाली सेनाहरुमा फुट गराएर नेपाली सेनालाई सखाप पारेर मुलुक नै ध्वस्त गर्ने लक्ष्य थियो। नेपाली सेनाले कहाँ कहाँ बाट बडो दुःख र कष्ट गरी विडियो फेला पारेर माओवादीका धेरै गोप्य रहस्यहरु फेला पारे। यसप्रकार मुलुक ठुलो दुर्घटना हुनबाट नेपाली सेनाहरुले जोगाए।मुलुक जोगाउनमा नेपाली सेनाहरुको ठुलो योगदान छ।नेपाली नागरिकहरुले सेनाहरुले मुलुकप्रति दिएको योगदान र महत्वलाई बुझेनन्। नेपाली सेनाहरुलाई मान सम्मान दिन त पर जाओस नेपाली नागरिकहरु कसैले पनि नेपाली सेनाहरु प्रति सहानुभूति सम्म देखाएननरुनेपाली नागरिकहरु स्वार्थी र गुण बिर्सने हुन्। गुण भन्ने कुरा एक फेर लगाईन्छ।बारम्बार लगाउन सकिन्न।

एक त हाम्रो मुलुकलाई सतीले श्रापेकोले पनि राम्रो काम गर्नेहरुको सहि विचार बोक्नेहरुको उठी बास लाग्छ र नेपालमा सहि विचार,सहि नियत र सहि उद्देश्य भएकाहरू टिक्न सक्दैनन। राम्रो काम गर्ने, सहि सिद्धान्त, सहि विचार बोक्ने र राष्ट्रवादीहरुको नेपालमा काम छैन।जस्तै स्वर्गीय मदन भण्डारी, स्वर्गीय मरिचमान सिंह, स्वर्गीय बिरेन्द्र शाह वंश, ज्ञानेन्द्र राष्ट्रवादी हुन् ।

नेपालमा कानुनी शासन छैन।यसकारण नेपाल कानूनी शासन भएको मुलुक होइन।राम्रो सिद्धान्त, सोच, विचार राख्ने मानिस नेपालमा टिक्न सक्दैन । तीन करोड नेपाली नागरिकहरु मध्ये प्रधानसेनापति रुक्मांगद कटवाल जस्ता सेनाहरुलाई मुलुकको चिन्ता ? ज्ञानेन्द्र शाह जस्तालाई मुलुकको चिन्तारुतीन करोड नेपाली नागरिकहरु मध्ये कम से कम एक लाख जनालाई मुलुकको चिन्ता होलारुबांकीलाई हात लाग्यो शुन्य भने जस्तै छ।

हाम्रो मुलुकको प्रायजसो सबै नेताहरू बिकाउ छन।मुलुकको यस्तै अवस्था रहि रहयो भने अफगानिस्तान,सिक्किम, सिरिया, रुवाणडा र हाइटी बन्न धेरै समय छैन ? नेपालमा के ठेगान फेरि कहिले नाकाबन्दी हुने हो र भोकभोकै मर्ने अवस्था आउन नसक्छ भन्ने कुनै ग्यारेन्टी छ र ? मलाई पनि हाम्रो मुलुकको हालत देखेर दिक्क लागेको छ।

हाम्रो मुलुक नेपाल अविकसित मुलुक हो। हाम्रो मुलुकले कहिले पनि प्रगति गर्न सक्दैन्। नेपालमा नेपालका नेताहरूको मात्र प्रगति हुने छ । नेपालमा यो कुरा ठिक छ भनेर कतै बाट चित्त बुझाउनु पर्ने ठाउँ छैन ? दिनहुँ बेरोजगार युवाहरु बिदेशतिर पलायन भइ रहेको अवस्था छ।नेताहरू आफ्नो दुनो कहाँ बाट कसरी सोझाउनमा मात्र ध्यान तत्पर र केन्द्रित छन्।

राजा ज्ञानेन्द्र शाहले मर्यादा नाघेर अपशब्दले कुनै पनि नेताहरूलाई आजसम्म गाली गरेको भन्ने मलाई थाहा छैन।राजा ज्ञानेन्द्र शाहले जहिले पनि मर्यादित र शिष्टचारले नै बोल्नु भएको छ। राजा ज्ञानेन्द्र शाहलाई कहिले प्रधानमन्त्री के पी शर्मा ओलीले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले पुष्प कमल दाहालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले बाबुराम भट्टराईले गाली गरेको र धम्क्याएको सुनेको छु ?

कहिले माधव कुमार नेपालले गाली गरेको र धम्क्याएको सुनेको छु ?कहिले गगन थापाले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले झलनाथ खनालले गाली गरेको र धम्क्याएको सुनेको छु ? कहिले मातृका प्रसाद यादवले गाली गरेको र धम्क्याएको सुनेको छु ? राजा ज्ञानेन्द्र शाहको कति खेदो खनेको हो ?

राजा ज्ञानेन्द्र शाह मुलुक त्याग गरेर अन्तर्राष्ट्रिय मुलुक नै जीवनभरी बस्ने हो भने राजा ज्ञानेन्द्र शाहलाई सम्मान साथ हिन्दु सम्राट तथा विष्णुको अवतार भनेर दिनहुँ बिहान र बेलुका पुजा गरेर राख्छन।पहिले राजसंस्था र राजसंस्था पछि राजा ज्ञानेन्द्र शाह भएर मात्र यो मुलुक बचेको छ।राजा ज्ञानेन्द्र शाहले मुलुक त्याग गरुन त्यसपछि हामी नेपाली नागरिकहरुको के दुर्दशा हुनेछ बल्ल थाह हुन्छ ? हिन्दीमा कहावत छ बँदर क्या जाने अदरक का स्वाद त्यस्तै हामी नेपाली नागरिकहरु छौं। यसकारण पनि ज्ञानेन्द्र शाहदेव बुद्धको अवतार हुन्।

नेपाली नागरिकहरु राजनीतिक दलका नेताहरु ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी र स्वार्थी छ्न्। हालमा ज्ञानेन्द्र शाहको आगमन हुने हो भने राजा ज्ञानेन्द्र शाहका कुरा काटनेहरु सबै जना राजाको पछि पछि लाग्ने छन र राजालाई ठिक भनी राजाको तारिफ गर्न सम्म पछि पर्दैनन।विगतमा पनि देखिएको नै हो राजा ज्ञानेन्द्र शाहलाई दाम राखी ढोग्न सम्म पछि परेनन दाम राखी ढोग्न गएका नै हुन्।

अब राजा ज्ञानेन्द्र शाह सत्तामा आउनु मात्र पर्यो एमाले, कांग्रेस र माओवादी आदि आदि जस्ता दलहरूका नेताहरु कार्यकर्ताहरु नागरिकहरु सबै राजावादी र राजाका हुन्छन् । तर सत्ता बाहिर भएको बेला ज्ञानेन्द्र शाहको विरोधी भएर कुरा काटेर अवसरवादी चरित्र देखाउँछन्।यसकारण मैले नेपाली नागरिकहरु अवसरवादी, स्वार्थी मासु, भात र दारुमा बिकाउ भनेको हो ।

स्वतन्त्र नेपाली नागरीक : राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२ स्थायी बासिन्दा हुनुहुन्छ !

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।