Logo

समाचार

चुरे दोहन : विकासको नाममा सरकारले प्रकृतिको विनाश गरेको डिला संग्रौला आराेप



नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले विकासको नाममा सरकारले प्रकृतिको विनाश गरेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै भनिन्, ‘देशविकासको नाममा जताततै डोजर आतंक, क्रसरको जथाभावी प्रयोग, नदी कटान, जंगल फँडानी, ढुंगा, गिटी, बालुवाको दोहनले चुरे दिनप्रतिदिन मरुभूमीमा प्रयोग हुँदैछ ।’

उनले सरकारलाई प्रश्न गरिन, ‘प्रकृति नष्ट गर्नेगरी क्रसर उद्योगलाई सरकारले जथाभावी संचालन गर्ने अधिकार किन दियो ?’ उनले पछिल्लो समय चुरेको वनजंगलको फँडानी तीव्र रहेको उल्लेख गर्दै चुरे क्षेत्रका नदीनालाको उत्खनन र दोहन व्यापक बढेको बताइन् ।

चुरे संरक्षणका लागि दीर्घकालीन उपाय के हो ? राष्ट्रपति चुरे संरक्षण कार्यक्रम देखिने र अनुभूत हुने गरी कहिले कार्यान्वयन हुन्छ ? उनले प्रश्न गरिन् ।

संग्रौलाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम व्यवहारमा देखिने गरी कार्यान्वयन नभएको भन्दै चुरेमा अव्यवस्थित बसोबास र फँडानी रोकिनुपर्ने बताइन् । सरकार राष्ट्रपति चुरे संरक्षण भनिरहने तर कटान र डुवान भएर मानिसहरू मर्ने अवस्था रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।