Logo

अन्तर्राष्ट्रिय

डिसेम्बर १६ को सामूहिक बलात्कार : चारैजना दोषीलाई मृत्युदण्ड



भारतको बहुचर्चित निर्भया सामुहिक ब.लात्कार तथा ह.त्या का.ण्डका चारैजना दोषीलाई मृत्युदण्ड दिइएको छ।

निर्भया सामुहिक बलात्कारका दोषी मुकेश सिंह, अक्षय कुमार, विनय शर्मा तथा पवन गुप्तालाई शुक्रबार बिहान तिहाड जेलमा फाँसी दिइएको हो। यसअघि फाँसी दिने अदालतको आदेशबिरुद्ध एक अभियुक्तले सर्बोच्चमा अपिल गरेको भए पनि सर्बोच्चले माफी दिन नसकिने फैसला गरेको थियो।

१६ डिसेम्बर सन् २०१२ मा साथीसँग बसमा यात्रा गरिरहेकी २३ वर्षीया निर्भयामाथि उनीहरूसहित ६ जनाले सामुहिक बलात्कार गरेपछि रडको प्रयोग गरी उनको हत्या गरेका थिए। उपचारका क्रममा २९ डिसेम्बार २०१२ मा उनको सिंगापुरका निधन भएको थियो। मेडिकल साइन्स पढ्दै गरेकी ती छात्राको हत्या प्रकरणले भारतमा त्यतिबेला निक्कै हंगामा भएको थियो।

निर्भयाको ब.लात्कार र ह.त्या मामिलामा उनीहरूलाई सन् २०१३ मा फाँसीको सजाय सुनाइएको थियो। तर उनीहरूले सजाय रोक्न माथिल्लो अदालतदेखि राष्ट्रपतिसम्म गुहार्ने गरेपछि सजाय टर्दै आएको थियो।

घटनामा संलग्न भनिएका अर्का एक दोषी राम सिंहले मुद्दाकै क्रममा सन् २०१५ मा जेलमा आत्महत्या गरेको बताइएको थियो। यसैगरी घटनाका अर्का एक आरोपी भने अपराध गर्दाका बखत नाबालिग भएकाले ३ वर्ष सुधारगृह बसेर छुटिसकेका छन्।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार ०९:२८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।