Logo

सेयर बजारमा सामान्य सुधार 



साताको दोस्रो दिन सोमबार आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ०८ अंकले बढेर १५४०.३३  बिन्दुमा पुगेको छ । यो दिन कारोबारमा आएका १९० कम्पनीका ८५ लाख ५१ हजार ३ सय ६३ कित्ता सेयर बिक्रि हुँदा ३ अर्ब १० करोड ३३ लाख ६८ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । 
यो दिन १२ वटा समुहको उपसूचकमध्ये जम्म पाँचओटा उपसूचक बढेका छन् भने ७ वटाको उपसूचकमा गिरावट आएको छ । जसमध्ये बैंकिङ, ट्रेडिङ, विकाश बैंक, हाईड्रोपावर, फाइनान्स र म्युचुअल फन्ड बाहेकका अरु समुहको उपसूचक घटेको हो । 

आज अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै(१०प्रतिशत) कमाएका छन् भने राष्ट्रिय बिमा कम्पनी लिमिटेड प्रमोटेड सेयर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।  

 

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १५:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।