Logo

ओलीको अपमानजनक बहिर्गमन हुन्छ !



राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट अपमानजक रुपमा बहिर्गमन हुने दाबी गरेका छन् । समाजवादी पार्टी र राजपा नेपालबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी, नेपाल दर्ता गराउने क्रममा निर्वाचन आयोग परिसरमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महतोले यस्तो बताएका हुन् ।

उनले भने, “केपी ओलीको पार्टी फुट्छ । ओलीको हालत हेर्दै जानुहोस् । अपमानजनक रुपमा ओलीको सत्ताबाट बहिगर्मन् हुन्छ । सरकारले यो अध्यादेश नेकपा फुटाउन ल्याएको हो । हाम्रो पार्टी एक छ । कसैले पनि फुटाउन सक्दैन् । अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्छौं ।”

प्रधानमन्त्री ओलीको कडा आलोचना

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएकोप्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।

राजपा नेपाल र समाजवादी पार्टीबीच एकता भएर नयाँ जन्मिएको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता गराउन आयोगको कार्यालय कान्तिपथ पुगेका महतोले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,’केपी ओलीले लोकतन्त्रलाइ कमजोर गर्नेऽ पार्टी पद्धती कमजोर गर्ने, देशमा अस्थिरता निम्याउने र निरकुशंता देशमा लाद्ने काम गरिरहेका छन् । ’जुन निरुकंशुता विरुद्ध लड्यौँ। संघर्ष गर्‍यौँ। प्रतिपक्ष चाहिदैँ नचाहिने। जसलाई मन लाग्यो संवैधानिक नियुक्ती गर्ने, दल फुटाउने अध्यादेश ल्याउने।’

त्यस्तै, उनले समाजवादी र राजपा नफुट्ने पनि दाबी गरे । उनले भने, ’फुट्ने सुट्ने कुरा छैन, सबै मिलिहाल्छ। ’हेरिहाल्नु भयो। समाजवादी फुट्ने भनेपछि जुटेर देखाइदियौँ। समाजवादी र राजपा फुटको सम्भावना छैन। सबै मिलिहाल्छ, छ जना मिलायौँ। सात लाइ पनि मिलायौँ, लकडाउन पछि बाँकी प्रक्रिया पूरा गरेर एकता प्रक्रिया अगाडि बढाउछौँ।’

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १६:५३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।