Logo

समाचार

नेविसंघ पूर्वमहामन्त्री काफ्लेले गरे लकडाउनमै विवाह, विवाह खर्च कटाएर कोरोना राहत कोषमा दुईलाख



नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च वाफतको रकम (कोभिड-१९) प्रधानमन्त्री राहत कोष’ मा जम्मा गरेका छन् ।

कोरोना त्रासमा लकडाउन भएको बेला अक्षय तृतीयाको साइत पारेर धेरैलाई निम्ता नगरी सुटुक्क विवाह गरेका काफ्लेले सोमबार श्रीमती मेनुका अधिकारीसहित स्वास्थ्य मन्त्रालय पुगेर दुईलाख सहयोग हस्तान्तरण गरेका हुन्।

पूर्वमहामन्त्री काफ्लेले स्वास्थ्यमन्त्री मार्फत प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैयाँ जम्मा गरेका छन्। विवाह बन्धनमा बाँधिएपछि विवाह खर्चबाट केही रकम राहत कोषमा जम्मा गरिएको उनले जानकारी दिए।

देश लकडाउन भएको ३४औं दिन विवाह गरेका काफ्लेले ३५औ दिन श्रीमतीसहित पुगेर कोरोना राहत कोषामा पैसा जम्मा गराएका हुन्।

उनले विवाहमा हुने फजुल खर्च भन्दा राहत कोषामार्फ पीडितसम्म राहत पुगे आफूलाई सन्तोष हुने बताएका छन्।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १५:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।