Logo

स्वास्थ्य

२४ घण्टामा ७७६ जना संक्रमित भेटिए



पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बिहीबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।