Logo

आजपनि बढ्यो सुनको मूल्य 



मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
मंगलबार सुन प्रतितोला ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार ११:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।