महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले ४ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ ।
कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपाने र एसबिआई मर्चेण्ट बैकिङको तर्फबाट रोशनी भारतीले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले हालसम्ममा ५३ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले रू। ३ करोड ३१ लाख नाफा कमाएको थियो । हाल कम्पनीको चुक्तापूँजि रू. ६ करोड रहेको छ ।
आईपीओ निष्कासन बाँडफाँटपछि पूँजि रू. १० करोड पुग्नेछ । कम्पनीले हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन भने दिएको छैन ।
प्रतिक्रिया