Logo

टिप्पणी

प्रधानमन्त्रीले लहडमा गरेको निर्णय धोका: नेता थापा



नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले लहडमा संसद बिघटन गरेर जनताको मतलाई धोका दिएको बताएका छन् ।

नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै संसद् विघटनको निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको र जनताले ३ बर्ष अगाडी नेकपालाई दिएको मतको बैधता सकिएको बताएका छ ।  

उनले लेखेका छन्,”संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्री ले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ । यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ ।”

प्रकाशित मिति : पुष ५, २०७७ आईतबार  १ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।