Logo

स्वास्थ्य

जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि



जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना भाइरस संक्रमण भएको छ । न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गरिएको परीक्षणमा जिल्ला न्यायाधीशलाई कोरोना पुष्टि भएको प्रयोगशालाका निर्देशक जयन्द्र यादवले जानकारी दिए।

न्यायाधीश सहित अदालतका चार ४ जना कर्मचारीको पिसिआर परीक्षण गरिएको थियो । अन्य तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपनि न्यायाधीशको रिपोट पोजेटिभ भने पोजेटिभ आएको हो। हाल सम्म मोरङमा कोरोना संक्रमितको संख्या ५ सय ७८ पुगेको छ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार ११:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।