Logo

स्वास्थ्य

२४ घण्टामा ७ सय २२ जन संक्रमित, ९६६ डिस्चार्ज, ३ को मृत्यु



नेपालमा गत २४ घण्टामा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार जनाको कोरोनाको परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ । 

आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन् । 

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।