नेपालमा गत २४ घण्टामा ७ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार जनाको कोरोनाको परीक्षण गर्दा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।
आइतबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९६६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।




















प्रतिक्रिया