सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै किसिमको असमझदारी नरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्राइम टिभीको जनता जान्न चाहन्छन् भन्ने कार्यक्रममा आफू र प्रचण्डको मन मिलिसकेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ’प्रचण्ड र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन् । मनमनै हात मिलाउनु भन्नुहुन्छ भने त्यो सम्भव छ । तर, कोरोनाका कारणले हात मिलाउन मिल्दैन ।’
प्रचण्डबाट आफूलाई सहयोग नै भएको प्रधानमन्त्री आलीले स्पष्ट पनि पारे । उनले भने,”यो बीचमा केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ । त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँद्यैन् । तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन् । सहयोग पाएको छु । अब झन पारस्परिक सहयोग हुन्छ ।”
उनले आफूहरुबीच भागबण्डाको सहमति नभएको पनि जिकिर गरे ।
उनले भने,”भागबण्डाको प्रश्नै छैन् । हामी भागबण्डाको लागि राजनीति गरिरहेका छैनौं । आज दशेको आवश्यकत्तालाई हृदयांगम गरिएको हो । पछि हुँदै जाने कुरालाई भागण्बडा भन्नु भएन । घाम जुन रहिन्जेलसम्म प्रधानमन्त्री भैरहने, वा राष्ट्रपति भैरहने होईन । यी सबै आवधिक हुन् ।”
ओलीले प्रचण्डसँग आफूले मुख्य रुपमा सरकार र प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति भएको पनि जनाए ।
















प्रतिक्रिया