तीनवटा एकदिवसीय क्रिकेटमा युएईमाथि सनसनीपूर्ण जीत हात पारेको नेपालले आज टी-२० सिरिजको तेस्रो खेल खेल्दैछ । आजको खेलमा जीत हात पारे नेपालको खेल इतिहासमा नेपाली टोलीले अर्को महत्वपूर्ण योगदान दिनेछ ।
तीनवटा टी-२० सिरिजमध्ये यसअघि खेलेका २ खेलमा घरेलु टोली र नेपालले एक-एक खेल जितेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरीज बराबरी बनाइसकेको छ ।
आइतबार दिउँसो पौने तीन बजे दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा नेपालले उपाधिको दाबीसहित सशक्त खेल पस्कने अपेक्षा छ । नेपालले यही मैदानमा यसअघि एक दिवसीय सिरीज जितिसकेको छ ।
आज हुने खेल जिते नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रिय उपाधि जित्ने छ । घरेलु मैदानमै एक दिवसीय सिरीज गुमाएको युएईले पनि सो पीडा बिर्सन टी–२० सिरीज जित्न भरमग्दुर प्रयास गर्नेछ ।
युवा खेलाडीहरूको बर्चस्व रहेको नेपाली टोलीले ओपनिङ र विकेट किपिङमा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।
प्रतिक्रिया