केपी ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । अघिल्लो वर्षको फागुन ३ गते सरकार गठन भएको थियो ।एक वर्षको अवधिमा सरकारले सोचेजस्तो काम गर्न नसकेको आरोप लागेको छ ।सत्तारुढ दल नेकपाकै अध्यक्ष पुष्पकमल दाहालदेखि वरिष्ठ नेता माधवकुमार नेपालसम्मले सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ भने सरकारमै रहेको संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपा पनि सरकारप्रति रुष्ट छ ।नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले बहुमत पाएर ५ वर्षका लागि गठन भएको सरकारको प्रस्तुति निराशाजनक भएको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले सरकार संविधान कार्यान्वयनमा नै चुकेको आरोप लगाए ।कांग्रेसले सरकारलाई अनावश्यक रुपमा काम गर्न अवरोध नगरेको पनि विश्वकर्माले स्पष्ट पारे ।यता सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले पनि विश्वकर्माको तर्कको खण्डन गर्न सकेनन् ।
प्रतिक्रिया