Logo

प्रमुख समाचार

राजिनामा दिने तयारीमा नेविसंघ सभापति महर, यस्तो छ कारण



नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका केन्द्रिय सभापति नैनसिंह महरले राजीनामा दिदै छन्। उनले अब छिट्टै राजिनामा दिने तयाारी गरेका छन् । नेविसंघको समय अवधि सकिएपछि नयााँ तदर्थ समिति गठनका लागि उनले राजीनामा दिने लागेका हुन् ।

पार्टीबाट नै राजीनामा दिन दबाब बढेपछि महरले राजीनामा दिन लागेका हुन्। कांग्रेस केन्द्रीय समितिको बैठकले तदर्थ समिति गठन गर्ने तयारी गरेको थियो। पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठक कै बीचमा राजीनामा बुझाउन लागेको बताइएको छ।

नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समिति भंग गर्नका लागि केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक राखिएको छ। नेविसंघमा ३२ वर्षे उमेर हद लागू गरी तदर्थ समिति बनाउन लागिएको छ। संस्थापन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तर्दथ समितिमा जोड दिएपछि वर्तमान कार्य समिति भंग हुन लागेको हो।

कृष्ण प्रसाद सिटौला समूह भने यही कार्यसमितिलाई केही महिना थप गरी १२औं महाधिवेशन गर्न दिनुपर्ने पक्षमा छ।दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि पार्टीका दुई समूह भङ्ग गर्ने पक्षमा देखिएका हुन्।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ८ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।