Logo

राजनीति

फेरी प्रचण्डले दिए ओलीलाई यस्तो चेतावनी



काठमाडौं । सत्तारुढ दल नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको सम्बन्ध यतिबेला चरम उत्कर्षमा पुगेको छ । ओली प्रचण्डको चिसिएकै सम्बन्धका कारण अहिले बजारमा नेकपाको चर्चा हुन थालेको छ । यसमा फेरी प्रचण्डले ओलीलाई कडा चेतावनी दिएका छन् । प्रचण्डले ओलीलाई चेतावनी दिने क्रममा यदि ओली नसच्चिए आफु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन् ।

पछिल्लो समय भेनेजुएला प्रकरणलाई लिएर दुई अध्यक्षबीचको सम्बन्ध बिग्रिएको भनिएपनि खासमा प्रचण्ड ओलीसंग रिसाउनुको मुख्य कारण सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको भन्ने रहेको प्रचण्डले बताएका छन् । पछिल्लो समय नियुक्ती, सरुवा तथा बढुवामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग कुनै सरसल्लाह नै नगरेको नेकपानिकट उच्च स्रोतको दाबी छ ।

सरकार गठन भएको एक वर्ष पुग्न लाग्दापनि आशाति प्रस्तुति देखाउन नसकेकोमा ओलीसँग प्रचण्ड फायर छन् । उनले यसअघि पनि भेटेरै ओलीलाई सचेत गराएका थिए । तर, ओलीले प्रचण्डको कुरै सुनेनन् । सोहि कारणले बेला बेलाामा प्रचण्डले ओलीलाई दाबाब दिईरहेका हुन् ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ९ : २८ बजे